कंगना भन्छिन : अर्को बर्ष मेरो बिहे पक्का हुन्छ

बलिउड अभिनेत्री कंगना रनावतको अभिनेता ऋतिक रोशनसँग विवाद लामो समयसम्म चल्यो।

ऋतिकसँग प्रेम सम्बन्धमा परेको र पछि ऋतिकले धोका दिएको कंगनाले बताएकी थिइन्।

त्यसो त,ऋतिक भन्दा अगाडी पनि कंगनाको नाम बलिउडका अरु अभिनेतासँग पनि जोडिएको थियो।

३० बर्षिय अभिनेत्री कंगनालाई हालै मुम्बईमा सम्पन्न भएको ‘ल्याक मी फेसन विक’मा पत्रकारहरुले उनको बिहेको बारेमा सोधेका थिए। पत्रकारहरुको प्रश्नको जवाफ दिदै कंगनाले भनिन्- ‘सन् २०१९ को फेब्रुअरी सम्म मेरो बिहे भइसक्नेछ।

कंगना अभिनित फिलेम ‘मणिकर्णिका’ यसै बर्षको जुनमा प्रदर्शन हुँदैछ।

प्रकाशित मिति : २०७४ माघ २३,मंगलबार