Saturday, Apr 10 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
शनिबार, २८ चैत्र २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

परदेशबाट राष्ट्रपतिलाई पत्र: ”हाम्रो मदनको हत्या छानबिन गरिदिनुहोस्”

ScotNepal February 6, 2018
0 Shares
Share
Tweet
WhatsApp
Vibe

सम्माननीय राष्ट्रपतिज्यू,

ईश्वर अर्याल

प्रेषक म एक आम नेपाली हुं । मदन भण्डारीका भाषण सुन्दा शरीरमा काँंडा उम्रने युवा हुं। म सानै थिए, तर उनको भाषणले मलाई खुब तान्दथ्यो । ठूलो भएपछि मदनलाई भेट्ने धोको थियो । दैबले हाम्रो मिलन चाहेन । अहिले यूएईमा छु । मदन भइदिएको भए सायद खाडीमा आएर पसिना बगाउन पर्ने थिएन ।

उर्बर देशको कर्मठ मजस्ता हजारौं युवा यहाँं जताततै भेटिन्छौं । हामी आफुलाई अभागी ठान्छौं । देशको सेवा गर्न नपाएको पछुतो छ । कहिलेकाहीँ त हामीभन्दा अभागी मदन रहेछन् जस्तो लाग्छ । जीबनसाथी राष्ट्रपति हुंदा, अनुयायी प्रधानमन्त्री हुंदा तथा शीतल निवास र सिंहदरबारको जोडकोण मिलेको अवश्थामा समेत उनको हत्या छानबिन भइरहेको छैन । त्यसैले अभागी मदनका तर्फबाट तपाईलाई यो पत्र लेख्दैछु ।

श्रीमानको हत्या भएपछि बिधवा बन्नु पर्दाको पीडा सायद अरु कसैले अनुवभ गर्न सक्छ । निसन्देह तपाईलाई पीडा छ । श्रीमानको हत्याको बदला लिन महिलाहरुले शाहसिक काम गरेका प्रशस्तै उदाहरण छन् । जीबनभर संर्घष गरिरहेका भेटिन्छन् । रुसमा ’ब्ल्याक विडो’ भन्ने बिधवाहरुको संगठन छ, उनीहरुले रुसी सेनाहरुले क्रुरता पूर्वक मारेका आफ्ना श्रीमानहरुको बदला लिन जीबनकै जोखिम मोल्ने गर्दछन् । निश्चित रुपमा शोकलाई शक्तिमा बदल्ने तरिकाहरु फरक फरक हुन्छन् तर आफ्नो मान्छेको हत्याको छानबिन र हत्यारालाई कारवाही गर्न हरेक कोहिको जमर्को हुन्छ ।

हाम्रै देशमा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्यारालाई कारवाही गर्नुपर्ने माग राखेर प्राण त्याग गरे । गंगामाया अहिलेपनि आन्दोलनमै छन् । उनीहरुको आन्दोलन ठीक बेठीक, सफल असफल समीक्षाको विषय होला । तर, अनाथहरुलेपनि हत्याको छानबिन र न्यायको बिषयलाई मूलधारको छलफल बनाउन सक्दछन् भन्ने मानक स्थापित गर्न अधिकारी दम्पत्ति सफल भए ।


राष्ट्रपति बिद्यादेवी भण्डारी र लोकप्रिय नेता स्व:मदन भण्डारीको दुर्लभ तस्बीर !

तपाई शोकलाई शक्तिमा बदल्ने नारासहित सेतो बश्त्रमा चुनावी मैदानमा खटिएको दृश्य मेरो मानसपटलमा अहिलेपनि नांचिरहेको छ । जनताका नेता मारिएको, एउटा देशभक्तलाई खोलामा बगाइएको पृष्ठभुमीमा निर्वाचन भएको थियो । जनता मदनको हत्याको छानबिन चाहन्थे र दोषीलाई कठघरामा उभ्याउन चाहन्थे । त्यसैले तपाईको पक्षमा जनता उभिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर जनताले तपाईलाई जिताएका थिए । सो जित तपाईको राजनीतिक जीबनका लागि कोशेढुंगा बन्यो । तपाई राष्ट्रपति हुनुभयो । मदन मरे, तर मदनले तपाईलाई कांध थाप्न छोडेनन् ।

राष्ट्रपति भएलगत्तै तपाईले बल्खुमा गएर पुष्पागुच्छा अर्पण गर्नुभयो । लाग्यो अब केही हुन्छः मदनको भड्किएको आत्माको चित्कार सुन्ने सही ब्यक्ति शीतल निवासमा हाजिर छ जो देशको सर्वोच्व पदमा आसिन छ । जेठ तीन आयो । मदनको स्मृतिमा मदनको छानबिनका लागि तपाईको आग्रहमा सरकारले आयोगसम्म भएपनि बनाउला भन्ने लागेको थियो । तर, बनेन ।

अहिले नआए बजेटमा आउंला भन्ने लाग्यो । तपाई राष्ट्रपति, केपी प्रधानमन्त्री, विष्णु अर्थमन्त्री तीनैजना मदनका लागि जेपनि गर्न सक्ने भनि दाबी गर्ने नेताहरु । तर, बजेट सुनेपछि होइनरहेछ भन्ने लाग्यो । अरुप्रति औंला उठाउन सकिएला । तपाईलाई कसरी उठाउने ? मनले मानिरहेको छैन । त्यसैले शीतल निवासमा पहुंच नभएकाले यसैमार्फत मनको भारी बिसाउंदैछु ।

हत्याको छानबिन गर्न भनेर त्यतिबेलै नेकपा एमालेले भिषण आन्दोलन शुरु गरेको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र उनको पार्टी लक्षित गरेर गरिएको आन्दोलनमा थप केहिको हत्या भयो । तिनका आफन्तले तपाईलाई शीतलनिवासमा देख्दा मनमनमा के भन्दा हुन् भन्ने लाग्दछ । आन्दोलनकै मेसोमा माधबकुमार नेपाल महासचिव भए । करिब १५ बर्षसम्म मदनको शालिकमा फूलमाला मात्र चढाएरै उनको कार्यकाल सकियो । प्रधानमन्त्री भए तर हत्याको स्वतन्त्र र उच्चस्तरीय छानबिन भएन ।

पटक पटक एमालेले गृहमन्त्रालय खायो । एमालेका ३ जना प्रधानमन्त्री भए, मदनकी धर्मपत्नी तपाई स्वंयपनि गणतन्त्र नेपालको दोश्रो तथा पहिलो महिला राष्ट्रपति बन्नुभयो । एक मिनेट मदनका नाममा मौन धारण गर्ने र मदनका नाममा बजेटमुखी फाउण्डेशन चलाउनेबाहेक अरु काम भएको बिदेशिएको यो बबुरोलाई थाहा छैन । तपाईप्रति मेरो अगाध सम्मान छ । मेरो मनमा पाप पलाउन खोजेको भए माफ पाऊं ।

मदनको हत्या हुंदा म स्कुले जीबनमा थिए । राजनीति बुझेको थिएन । तर, मदनलाई बुझेको रहेछु क्यार । अनायशै आंशु झरेको थियो । तिक्ष्ण बोलीका केपी ओलीका शब्दले जुरुक्कै पारेको थियो । उनले भनेका थिए, ‘हत्याराको हुलिया थाहा छ, यहाँ सम्म की उसको घर कतापट्टी फर्केको छ भन्ने पनि थाहा छ, तर त्यसलाई कारवाही गर्नको लागि हाम्रो सरकार हुनुपर्छ ।’

उनले सबैलाई एमालेको सरकार नभइ हुंदैन भन्ने पार्ने गरी बोलेका थिए । एमाले मध्यावधी निर्वाचनमा सबैभन्दा ठूलो दल भयो । सरकार बन्यो तर केही भएन । शालिकमा फुल चढाइयो । बस्, यत्ति भयो ।

केपीले त बोलेकै थिए । सायद यिनी आफैं प्रधानमन्त्री नभएकाले छानबिन हुन नसकेको हो कि भन्ने लाग्यो । जब ओली प्रधानमन्त्री भए, आशा फेरि आकाशियो । पछिल्ला गतिविधिले त आशा गर्ने ठाऊंपनि बांकी रहने स्थिति छैन । जीबनसाथी नै शीतल निवासमा भएकाले केही हुन्छ की भन्ने छ । त्यसैले यो पत्र लेखेको हुं ।

शुरुदेखि नै मदनलाई मात्र किन एमालेले केन्द्रमा राखेको छ भन्ने मलाई खट्किरहन्थ्यो । आखिर संगै मारिएका थिए जीबराज आश्रित । शुरुमा मदनआश्रित भनिन्थ्यो । अहिले त आश्रितलाई पूरै ओझेलमा पारिएको छ । तत्कालिन संगठन बिभाग प्रमुख जीवराज आश्रीतको हत्याको कोणबाट समग्र हत्याकाण्डलाई हेरिएन । शायद उनको पनि उत्तिकै सोधीखोजी भएको भए दासढुंगा हत्याकाण्डका बारे नयाँ कोशेढुंगा भेट्न सहज हुन्थ्यो ।

एउटा साप्ताहिकमा टिएन शर्मा भन्ने लेखकको लेखहरुमा मदन भण्डारीको हत्या एमालेकै उच्चतहबाट भएको हो भन्ने कुरा बारम्बार छापिन्थ्यो । सो पत्रिका गाऊंगाऊं पुग्थ्यो । पूरै घटना बिबरण दिइएको हुन्थ्यो । सो बिबरणका बिरुद्ध कानूनी उपचार खोजेको थाहा भएन । भण्डारीको टाउको यो ठाऊंमा ठोक्काएर मारिएको भन्नेसम्मका कुरा पत्रिकामा लेखिएका हुन्थे ।

भण्डारीका चालक अमर लामा थिए । सोझो हिशावले हेर्दा एकजनामात्र साक्षी उनै हुन् । हत्याकाण्डको १० बर्षपछि उनको पनि हत्या गरियो । मदनको हत्या छानबिन त भएन भएन, एकमात्र साक्षीको हत्यापनि छानबिन गरिएको छैन । अमरको हत्या छानबिन गर्न गाह्रो छैन । उनको हत्या छानबिन गर्दैजांदा मूलसम्म पुग्न सकिन्छ भन्ने लाग्दछ । जीबनको उत्तरार्धमा कांग्रेस प्रवेश गरेका अमर लामालाई ताजाखबर भन्ने आफ्नै पत्रिकाको कार्यालयबाट अज्ञात समुहले अपहरण गरी टेकु, कालिमाटी बल्खु हुँदै किर्तिपुरमा हत्या गरेको थियो ।

अहिले जिवित साक्षी त मरिसक्यो भनेर उम्किन खोजिदैछ भन्ने गाँइगुँई सुन्दैछु । उनी जिवित छंदाका १० बर्ष के हेरेर बसेको त भन्ने प्रश्न मनमा उठ्ने गर्छ । नाम अमर भएपनि उनी सधैं अमर रहदैनथे होला । अमर लामाको हत्या गर्ने मान्छेबाटै फेरि त्यसलाई ‘रिभर्स’ गरेर हत्यारा सम्म पुग्न सकिने कुनै आधार छैन ? अमरको हत्या हुंदा देख्ने साक्षी त धेरै छन् । माओवादीले हत्याको जिम्मेवारी लिएको भनिएको थियो । जिम्मेवारी लिने नेता त जिवित होलान् ? आंट गर्ने हो भने मदनको हत्यारासम्म पुग्न सकिन्छ । तर, अब त लाग्न छोडिसक्यो यहाँ कसैले आँट गर्छ । तपाईप्रति थोरै भएपनि आशा छ । तर मनको कुरा नलुकाइ भन्ने हो भने भर लाग्न छोडिसकेको छ ।

अहिलेको स्थिति हेर्दा लाग्छ, स्वयं एमाले नै उदासिन छ । उसलाई यो घटनासँग कुनै सम्बन्ध छैन । उ यो घटना बिर्सन चाहन्छ । मदन भण्डारीले छोटो समयमा कोरेको गौरवशाली इतिहास मेट्न चाहन्छ । तर मदनको नाममा सदाकालसम्म ब्याज भने असुलिरहन चाहन्छ । जननेता मदनको हत्याको विषयमा खुबिया एजेन्सीको नाम नजोडिएको पनि होइन । बिसौं शताब्दिमा माक्र्स जिवित छन् भन्ने विरासत बनाएका थिए मदनले । ‘सिआइए’ र ‘र’ को संयुक्त अप्रेसन युनिटले हत्या गराएको भन्ने चर्चापनि काफी चलेकै थियो ।

अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको काठमाडौं स्थित ‘मिसन फायर’को कार्यालयमा सो बारे दस्तावेज रहेको कुरा तत्कालिन आन्तरिक गुप्तचर एजेन्सी प्रमुख समिर मुखियाले बताएकै हुन् । राष्ट्रियताको सवालमा विरेन्द्रसंग मदनको सहकार्य उतिबेलै चर्चामा थियो । मदन मारिएको ८ बर्षपछि बिरेन्द्रपनि मारिए । एउटैको निशानामा दुबै परेकी भन्नेपनि छ ।

मदनआश्रित हत्या छानबिनका लागि तमाम प्रमाण अहिलेपनि सुरक्षित छन् । मदनको हत्यापूर्व र हत्यापछि आएका विभिन्न कोणका अभिव्यक्ति आफैंलेपनि अनुसन्धानमा सहयोगी भुमिका निर्वाह गर्न सक्छन् । मदन र जीवराजको भिसेरा अहिले पनि राष्ट्रिय बिज्ञान प्रयोगशालामा सुरक्षित छ । त्यतिबेलै उनिहरुको मृत शरीरबाट निकालेर राखिएका केहि अंगका टुक्राहरु (जसलाई भिसेरा) भनिन्छ, त्यसको मुचुल्का नउठाइकन सिरिन्ज बाट शिसाको बट्टामा सारिएको भनेर शंका गरिएको थियो । त्यस्ता कृयाकलापले अपराध अनुसन्धानमा प्रगति नहोस भन्ने बद्नियत त्यतिबेलै नदेखाएको होइन ।

एमाले र तपाईहरुले त्यतिबेलाको अनुसन्धानलाई अस्विकार गर्नुभएकै हो । अरुले गरेको अनुसन्धानपनि नस्विकार्ने, आफु देशकै सर्वोच्व पदमा हुंदासमेत आफ्नै जीबनसाथीको हत्याका बारेमा छानबिन नगराइकन तपाई कसरी बस्न सक्नुभए होला ? घरीघरी अचम्म लाग्दछ । केहि दिन पहिला एमाले बरिष्ठ नेता माधवकुमार नेपालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै मदन भण्डारीको हत्याको च्याप्टर अब बन्द गर्नुपर्ने आशयको उत्तर दिएका थिए । के हत्यारा पत्ता नलाग्दै त्यसको च्याप्टर बन्द गर्न खोजिएको हो ? त्यसले फेरि एउटा बहसको शुरुवात गरिदिएको छ । एउटा राजनेतालाई असाहयजस्तो व्यवहार गर्न मिल्छ । उनको हत्या कुनै नेताको सनकको विषय हुन सक्दैन । कहिले हत्या भएको भनेर कार्यकर्ता सडकमा ओराल्ने र थप हत्या गराउने । कहिले अब च्पाप्टर क्लोज गरौं भन्ने ? यसो गर्न पाइन्छ ? इतिहासको कठघरामा एमाले र तपाई हुनुहुन्छ ।

यात मदन भण्डारी सडक दुर्घटनामा परेका हुन् भनेर स्विकार गर्ने हिम्मत देखाउनुहोस् । होइन, हत्या नै भएको हो भने छानबिनका लागि तप्परता देखाउंनुहोस् । कुनै दिन यस्तो किम्बदन्ती नबनोस् ‘देशको प्रखर राष्ट्रवादी नेता मारिए । उसको नाममा श्रीमतीले आक्रामकरुपमा राजनीति गर्न थालिन । देशको राष्ट्रपतिपनि भइन । तर शीतल निवास पुगेपछि उसको आक्रोशा शितलता आयो । उद्देश्य पूरा भइसकेको थियो । श्रीमानको हत्याका बारेमा चुपचाप रहिन ।’

तपाईको भलो चिताउने तर मदनको हत्याको छानबिन चाहने, हाल परदेशिएको, उही, ईश्वर अर्याल

नेपालआज (२२ जेठ २०७३) बाट

प्रकाशित मिति:२०७४ माघ २२ ,सोमबार

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा चौंथो

12 मिनेट अगाडि

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो

6 घण्टा अगाडि

व्यङग्य कविता: दोषी तुलो

6 घण्टा अगाडि

पोखराको आकाशे पुल यस्ताे बन्याे (भिडियाेसहित)

6 घण्टा अगाडि

विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २९ गते आइतवार

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २८ गते शनिवार

23 घण्टा अगाडि

दुहबीमा घट्यो डरलाग्दो घटना, खुल्यो यस्तो

23 घण्टा अगाडि

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा चौंथो

12 मिनेट अगाडि

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो

6 घण्टा अगाडि

व्यङग्य कविता: दोषी तुलो

6 घण्टा अगाडि

पोखराको आकाशे पुल यस्ताे बन्याे (भिडियाेसहित)

6 घण्टा अगाडि

विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २९ गते आइतवार

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २८ गते शनिवार

23 घण्टा अगाडि

दुहबीमा घट्यो डरलाग्दो घटना, खुल्यो यस्तो

23 घण्टा अगाडि

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा चौंथो

12 मिनेट अगाडि

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो

6 घण्टा अगाडि

व्यङग्य कविता: दोषी तुलो

6 घण्टा अगाडि

पोखराको आकाशे पुल यस्ताे बन्याे (भिडियाेसहित)

6 घण्टा अगाडि

विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २९ गते आइतवार

6 घण्टा अगाडि

आजको राशिफल चैत्र २८ गते शनिवार

23 घण्टा अगाडि

दुहबीमा घट्यो डरलाग्दो घटना, खुल्यो यस्तो

23 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)160K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)110K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • धर्म फेर , जात लुकाउ , मैदान छोड , भाग...

  • शुखको खोजी: महेश भट्टराई अमेरिका

  • प्रदुषण नियन्त्रणमा प्राथमिकता दिनु अत्याबाश्यक छ – डा. रवीन्द्र पाण्डे

  • समय बदलिदिन्छ सपनाहरु भत्किन सक्छन्!

  • किन टिक्दैन तपाईको हातमा पैसा ? यी ४ सामान्य गल्ती...

  • पूर्व मेयर हेलेनसंगको दोश्रो भेटले उब्जाएका केही प्रश्नहरु

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT