वुद्ध नेपालमा नै जन्मनु भएको हो (भिडियो सहित)

अस्ट्रेलिया,
प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोले लुम्बिनीमा गरिरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनायो । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि केही प्राबिधिक कारणले गर्दा धेरै देशको पाठ्य पुस्तकमा वुद्धको जन्मस्थलबारे गलत जानकारी राखिएकोले विस्वका अधिकांश नागरिकमा वुद्ध जन्मस्थल बिषयमा गलत जानकारी हुनु स्वाभाबिकै हो ।

यही बिषयलाई केन्द्रमा राखेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठसंग गरिएको कुराकानीका महत्वपूर्ण पक्षसंग धेरै नेपाली अझै पनि अनभिज्ञ रहेको पाइेएकोले जानकारीको लागि यो अन्तर्वार्ता राखिएको छ:

बुद्वधर्म भित्रकाे एउटा तान्त्रिक साधना – BUDDHISM is not just silence, it’s a part of MUSIC as well ! Enjoy Yourself !!