यो गीत एक पटक पुरा हेर्नुहोस तपाईले आफ्नै कथा र जिन्दगी देख्नुहुने छ ,बिष्णु माझीको आफ्नै कथामा “विधाता”

कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् ।

काठमाण्डौं । बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको आवाजमा रहेको लोकदोहोरी गीत ‘विधाता’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा बालकुमारकै लय र सुष्मा थापाको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा सारिका केसी र धु्रब हिमालीलाई फिचरिङ गरिएको छ । साँचो प्रेम गर्नेको प्रेमभावलाई उतारिएको भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् ।
राजु बिरहीको प्रस्तुति रहेको गीतको भिडियोमा बिष्णु शर्माको सम्पादन र करण चैसिरको छायाँकन छ । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो ।