मित्रहरु, आज एकछिन विश्वको राजनैतिक नेतृत्वको एक झलक हेरौं..!

ज्वाला संग्रौलाको लेख जस्ताको तस्तै :

मित्रहरु, आज एकछिन विश्वको राजनैतिक नेतृत्वको एक झलक हेरौं..! ३२ बर्षे युवा किम जोङले नर्थ कोरियाको सानो आँखिझ्यालबाट संसार चिहाएर विश्व हल्लाउदै छन्,भर्खरै ३९ टेकेका ईमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति भएर औघोगिक क्रान्ति गरि देशलाई अझ माथी उकास्न लागिपरेका छन्, भोलोडायमर ग्रोएजमेन ३३ बर्षको उमेरमा युक्रेनलाई बिकाशका मार्गतिर हाँक्दै छन्,जुरी रेक्टस् ३८ बर्षमा होउची मिलिटेन्सका राजनैतिक हिरो नै बने,एमिल दिमित्रिभ ३८ बर्षमै म्यासेडोनाका प्रधानमन्त्री बनेर देशमा हजारौं रोजगारीका अवसरहरु सृजना गरे र गरिब जनताहरुलाई सामान्तबादको चंगुलबाट बाहिर निकाले,सेवास्टिन क्रुज जम्मा ३१ बर्षका छन् तथापी उनी अष्ट्रिया जस्तो बिकासमा पछाडि रहेको मुलुकका प्रधानमंत्री बनेर त्यो देशलाई अशिक्षा ,भोकमरी र सामाजिक बिभेदको अँध्यारोबाट बाहिर निकाले, शेख़ तमिमले ३६ बर्षको उमेरमा कतारलाई युरोपियन देशहरुको हाराहारीमा पुर्याएर बिश्वलाई नै हेरेको हेर्यै बनाए। उनीहरुमा न जेल बसेको अनुभब छ , न राजनीतीको लामो बुझाई नै छ। छ त ख़ाली देशलाई कसरी समृद्द बनाउन सकिन्छ भन्ने तीब्र चाहना र निश्वार्थ नेतृत्वको भावना
यता हाम्रो देशमा चैं एसएलसी फेल बुढा नेताहरु कुर्सीकै लागि थुक निलेर मर्नै आँटेका छन् । यति बर्ष जेल बसें, यति भाँटा खाँए, यति लिटर रगत बगाँए, यति पटक टाउको फुटाएं भन्दै बर्सौं जनता ढाँट्न, छल्न र भाषण दिनबाहेक यिनीहरुले देशको लागि के नै गरे, सोच्नुस् त..! अरुबेला मौसमी राष्ट्रबादको फुटेको बाँसुरी बजाएर जनतालाई लठ्याउने उखाने खप्रअो बिदेशीले हाम्रो त्यत्रो भुमी मिच्दा आज कता मुन्टियो?हिजो आफ्नो छोरो पशुपतिमा बिदाई गर्दा सबै मेरा छोरा हुन् भन्ने अवसरबादी पुस्पेले ५० बिगाहा जमिन मिचीएर एता न उताको हुन बाध्य बनाईएका ती छप्कैयाका गरीब जनताहरुलाई किन आज आफ्ना सन्तान देखेन? पटक पटक असफल टेस्टेड शेरे डाकाकै नेतृत्वमा सरकार छ तर ऊ सीमा मिचीएकोमा सास दबाएर बसेको छ। किन बोल्दैन त्यो स्वाँठ?अरुबेला हिन्दुराष्ट्र चाहियो भनेर खुबै नारा अलाप्ने कमले आज भारतले नेपाललाई मिचिरहँदा कुन राजाको धोतीमुनी रामराज्यको सपना देखिरहेछ? पदावधि समाप्त भएर सामान्य नागरिकको हैसियतमा जीबन बाँच्ने बेला पनि सरकारी ढुकुटी रित्याएर चारवटा गाडी, महिनामा २ लाख र अन्य भड्किला सुबिधाको लिस्ट तयार पार्ने गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भनाउँदो “रामबरण देशको सम्पति हरण “कुन झाडीमा उपरखुट्टी लाएर आराम गरिरहेछ?
यी पथभ्रष्ट बनझाँक्रीहरु मुलुक संकटमा पर्दा समेत दिउँसै मस्त निदाइरहन्छन् भने यिनीहरु किन चाहिए हामीलाई? ओलीलाई सरकारी पैसाले थाईल्याण्ड पठाएर छेरपाटेको प्वाल टालेर बचाएको के काम ? देश चलाउने नेता त त्यस्तो होस् जस्लाई अलिकति बिसन्चो हुँदापनि नागरिकलाई उसको स्वास्थ्यको चिन्ता होस् किनकी ऊ नहुँदा देशलाई नै घाटा पुग्छ भन्ने जनतामा प्रभाव होस् ।तसर्थ खड्गे ,पुस्पे र शेरेलाई देशले पाल्नु भन्दा फाल्नु नै ठीक छ किनकी जब देशलाई यिनीहरुको आवश्यकता पर्दा नेतृत्वबर्गमा रहेका यी ढाडिएका काला लेकाली जुकाहरु काममा आउँदैनन् भने यिनीहरुलाई किन राख्नु गरिबका पैसाले पोषेर?खुरुखुरु यिनीहरु सबैलाई डोरीले बाँधेर त्यहि सीमास्तम्भ सार्दा खनेका खाडलमा लगेर टाउको मात्र निकालेर बेल्चाले माटो हाल्दै पुर्नु पर्छ किनकी यिनै चोरहरुको अकर्मन्यता, अवसरबाद ,राजनैतिक लुछाचुँडी र अराजकताले नै भारतले आज यसरी नेपालभित्र पस्ने आँट गर्यो। देशको सम्पूर्ण सिस्टम नै खोक्रो बनाएर जनतालाई दुख दिएर देशको बेइज़्ज़त गर्ने यी छिप्पिएका ट्यारट्यारे खस्रे भ्यागुतालाई जनताले बहिस्कार गर्नैपर्छ।किनकी जनतामा नै छ यिनीहरुलाई सबैभन्दा ठुलो सजाय दिन सक्ने ताक़त ..! हेर त बिचरा ती रबि लामिछानेलाई देशको कत्रो चिन्ता छ ..! एउटा सामान्य पत्रकारले राष्ट्रियताका यस्ता गम्भीर बिषयमा बाध्य भएर हात हाल्नु परेपछि देशमा सरकार मरिसकेछ भनेर बुझ्न पाईन्छ नि होइन र मान्यवर ? अब नेपालमा जनमत संग्रह गरिनु पर्छ र रबीलाई प्रधानमन्त्री बनाईनु पर्छ। त्यसैगरि धुर्मुस, सुन्तली, प्रेम बानियाँ , निगम हुमागाई , कुलमान घिसिंग,बिधा चापागाईँ, आदिजस्ता सशक्त युवापुस्ताहरुले देश चलाउनु पर्छ! मानबको अनुहार पाएर पनि दानबको दिमाग भिडाईएका खप्रओ, शेबदे र पुकेका मकाएका करङहरुलाई छिट्टै पशुपतिमा लगेर सेलाउनु पर्छ! आज आफ्नै देशका नेताहरुका बिरुद्द यस्ता शब्दहरु लेखेर मेरो यस्तो अमुल्य समय खर्चिरहनु परेकोमा मलाई धेरै दुख लागेको छ..! मेरो यस्तो ब्यस्त र उर्वरशील समय बरबाद गर्ने ती कालले साँच्या देशद्रोहि लुटेराहरुको कहिल्यै भलो नहोस्..! जय मातृभूमि !
#चित्रमा?
विश्व हल्लाउने केहि युवा नेताहरु??