अर्जुन घिमिरे (भद्रगोल पाण्डे) सन्तपुर एकीकृत बस्ती बाट लाइव भिडियो सहित

अर्जुन घिमिरे (भद्रगोल पाण्डे) सन्तपुर एकीकृत बस्ती बाट लाइव आउनु भएको भिडियो हामीले प्रस्तुत गरेका छौ : हेरौ यो उक्त भिडियो मार्फत धेरै जानकारी दिनु भएको छ !

 

धुर्मुस सुन्तली फाउण्डेशनलाई जिग्री पाँडेको सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुरमा निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि चर्चित हाँस्यकलाकार कुमार कट्टेल‘जिग्री’ र अर्जुन न्यौपाने‘पाँडे’ ले ५० हजार सहयोग गरेका छन् । आफ्नै सामाजिक संस्था जिग्री पाँडे प्रतिष्ठानको तर्फबाट उनिहरुले बस्ती निर्माण स्थलमै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

आफ्नै दाजु भाउजुको संस्थाले बस्ती निर्माण गरिरहँदा जिग्री बेलाबखत बस्तीमा पुगेर बिभिन्न सहयोग समेत गदैं आएका छन् । यसअघि पनि भद्रगोल टिमले पहरी बस्ती, गिरानचौर बस्ती र मुसहर बस्ती निर्माणमा समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आईरहेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले सन्तपुरमा ४७ वटा आवासिय घर, एक सामुदायिक भवन, एक भ्यु टावर, सार्बजनिक धाराहरु, शौचालय, पार्किङ, चिड्रेन पार्क सहितको आकर्षक र सुबिधा सम्पन्न बस्ती निर्माण गरिरहेको छ । भ्यु टावर बाहेक सबै काम सकिएको उक्त बस्ती माघ २३ गते हस्तान्तरण गरिने जानकारी दिईएको छ । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख अनुमान गरिएको उक्त बस्ती निर्माणमा अझै पनि ९० लाख अपुग रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले जानकारी दिएका छन् । (सिनेचौतारी बाट साभार)