मोरंग मधुमल्लामा इन्दिरा जोशीको प्रस्तुतिले यस्तो भए दर्शक (भिडियो सहित )

झापा , दमक ।१२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो । उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन । त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए ।

अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् । इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ । स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भtiएकी इन्दिरा छोटो समयमै विश्वका भिभिन्न देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन् । मोरंग जिल्लाको मधुमल्लामा एक कार्यक्रममा इन्दिरा जोशीको प्रस्तुति तल भिडियोमा ह्र्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=8y460znFyc8]