मृगौला पीडित, गायिका जलजला परियारको बिषयमा बोल्न मन लाग्यो : भिडियो सहित !

नेरुता मोक्तान तामाङ,
प्रवासमा रहेर देशको माया गर्ने चेली आज आफ्नो आवाज आफ्नै फेसबुक मार्फत यसरी पोख्नु भएको छ ! आजको भिडियो को शिर्षक रहेको छ उहाको वालमा :

मृगौला पीडित, गायिका जलजला परियारको बिषय संगै यस्ता ठुला-ठुला रोगको उपचार सरकारले निशुल्क उपचार गराउनु पर्छ भन्न चाहन्छु तर माग्ने सरकारसंग खोइ के माग राख्नु र ।

हेर्नुहोस उक्त भिडियो

नेरुता मोक्तान तामाङको फेसबुक स्टाटस

सामान्य बिषय बस्तुको बारेमा भिडियो नै तयार पार्नुपर्छ जस्तो लाग्दैन, तर यदि मैले भिडियो तयार पारे भने हेर्नू अघि धेरैले पाचक खानुपर्ने खालको नै तयार हुने गर्दछ ।बर्षमा त्यस्तो खालको भिडियो एक दुइटा बनाउने गर्छु र दिनरात लाइभ आउन पनि रुचाउदिन छ महिनामा एक चोटि आउने गर्छु । यसैक्रममा हाम्रो प्राण भन्दा प्यारो भुमी मिचिएको बिषयमा तयार पारिएको यो भिडियो अपलोड भएको एक मिनेटमा २ हजार ३ सय जनाले हेर्नुभएको छ भने अहिलेसम्म१ लाख ५६ हजार ३ सय भ्युज पुगेका छन् । धेरै दाजुभाइको प्रतिक्रिया पढेकी छु युट्युबमा त्यसैगरी फेसबुकमै पनि । कतिपयले फिमेल रबि भन्नुभएको छ म त्यतिसम्मको भने होईन तर एक सचेत युवती चाहिँ पक्कै पनि हुं । देश प्रतिको माया त अवस्य सबैलाई हुन्छ नै ।
अब अर्को भिडियो तयार पार्ने कोसिस गर्दै छु त्यो झनै कडा आउने संभावना छ किन कि त्यो चाहिँ चेलीबेटी बेचबिखनको बिषयमा केन्द्रीत रहेको जानकार गराउदछु । म आफै पनि लामो समय देखि बिदेशमै रहदै आएको हुदा यो बिषयमा निक्कै अनुभव पनि छ त्यो पनि म त्यही समेट्ने कोसिस गर्नेछु ।।
ताकी बिदेश पुगेर महल ठड्याउने सपना देख्दै गरेका चेलिहरुले थोरै राहत मिलोस भन्ने चाहन्छु । र यदि कोहि दलालहरु मेरो लिस्टमा पनि छन् भने आजैदेखी हाजमोला खादै गर्दा हुन्छ ।।