४२ बर्षको उमेरमा पनि जवान देखिनुको रहस्य खोलिन् शिल्पाले

बलिउड स्टार शिल्पा सेट्टि ४२ बर्षकी भइन्।बलिउडमा आफ्नो शरीर सन्तुलनमा राख्ने (मोस्ट फिट एक्ट्रेस) नायिका भनेर पनि शिल्पालाई चिनिन्छ।

जतिजति उमेर ढल्किदैं गइरहेको छ शिल्पा उतिउती जवान देखिदै छिन्।

शिल्पाले आफ्नो उमेरका थुप्रै अभिनेत्रीहरुलाई पछि पारेकी छिन्। शिल्पालाई हेर्दा कहिँकतै पनि उनी ४२ बर्षकी झैं लाग्दिनन्।

आफू जवान देखिनुको रहस्य बारे शिल्पा भन्छिन्- म नियमित योगा गर्छु,सन्तुलित भोजन र सधैँ खुशी रहने कोसिश गर्छु।

एक छोराको आमा रहेकी शिल्पाको बिहे व्यवसायी राज कुन्द्रासँग भएको हो।

प्रकाशित मिति : २०७४ माघ ११,बिहिबार