मान्छेको जिवनको आफनै कथा समेटिएको “सोचे जस्तो कहिले नहुने ” गितको मार्मिक भिडियो

विराटनगर , माघ ११
भैरवकालिका म्युजिक प्रा लीको प्रस्तुतिमा दिपक बुढा क्षेत्रीको पहिलो लोकदोहोरी गित“सोचे जस्तो कहिले नहुने ” भखरैबाट बजारमा आएको छ । आफ्नो देश आफ्नो घर परिवार अनि धेरै नेपाली परदेशीको बास्तबिक पिडालाइ गितमा समाबेश गरेर उनले गित मार्फत आफनो मन भित्रको पिडालाई पोखेका छन ।

भैरवकालिका म्युजिक मार्फत बजारमा आएको गीतमा दिपक बुढा क्षेत्री र लक्ष्मी केसीको स्वर रहेको छ भने सन्ध्या मगरको शब्द तथा संगित रहेको छ । गित मार्मिक कारुणिक र बास्तबिक कथामा समेटिएको छ गित सम्पूर्ण प्रदेशिएका नपाली र घरमा आफ्नो सन्तानको बाटो हेर्दै बसेका आफन्तको वियोगान्त कथालाइ समेटिएको छ ।

पछिल्लो समय नेपाली गीतसंगीत बाट कुनै आर्थिक लाभ फिर्ता नभए पनि आफ्नो गित संगीतको मोह लाइ पुरा गर्न र सानो भए पनि सांगीतिक टेवा होस् भनेर यो क्षेत्रमा लागेको कुरा पनि दिपक बुढा मगरले बताउनुभयो । मुग्लान पुगेका बहुसख्यक नेपालीको बास्तबिक पिडालाइ गीतमा सुन्न र हेर्न सकिन्छ । गितको भिडियोमा कलाकारहरु लोकेन्द्र शाहि र बसन्ती विष्टको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , उत्तम कुमार कार्किको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।

हेर्नुहोस भिडियो सहित