इशा गुरुङको अभियानमा युकेबाट रू ५ लाख ८ हजार रबीजी मार्फ़त नानुको बाबालाइ हस्तान्तर (भिडियो सहित)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाइरहेकी थिइन । उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।
इशा गुरुङको अभियानमा उठेको रकम आज हस्तान्तरण गरेको भिडियो र उनको मेसेज जस्ताको तस्तै :
४ बर्षीय सुनुवार नानुको उपचारको लागी ,मेरो पहलमा उठेको रकम रू ५ लाख ८ हज़ार आज रबी जी मार्फ़त नानुको बाबालाइ हस्तान्तर गर्नु भो .. सहयोगी मनहरू र थप उर्जा दिनुहुने मित्रहरू र हजुरहरू सबै रबी जी को अफिसमा उपस्थित हुने सबैलाइ मनै बाट मुरी मुरी धन्यबाद दिन चाहान्छु .. रबी जी लाइ बिशेष धन्यबाद ..नानु चाहि हाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ भन्ने जानकारी पनि गराउन चाहान्छु ..

हेरौ भिडियो