के प्रहरीले सिलवालको ज्यान लिन खोज्दै छ ? कहाँ लुकेर बिज्ञप्ती छाप्दैछन् सिलवाल ? (भिडियो)

नवराज सिलवाल जो पूर्व डिआईजी हुन् भने प्रतिनिधी सभामा ललितपुरबाट निवार्चित सांसद पनि हुन् । उनीलाई देउवा सरकारले पक्राउ पुर्जि जारी गरेपछि फरार छन् । प्रहरी उनलाई खोज्दै छन् तर सिलवालको पत्तो लागेको छैन । हाल उनले एक बिज्ञप्ती नै जारी गरेर आफूलाई प्रहरीले मार्न खोजेको हुदाँ जीवन रक्षाको माग गरेका छन् । ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।
सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।

[youtube https://www.youtube.com/watch?v=SB2Tq4UnVpo&w=640&h=360]