फेसबुकमा सिंगल छु, तर अर्कैको भैसकेकी छु – गायिका कला पंगेनी (भिडियो सहित)

वि.स. २०४२ सालमा स्याङ्जा जिल्लाको मालुंगा भन्ने गाउँमा जन्मेर हुर्केकी र निकै लामो संघर्ष र कडा परिश्रमका बावजुद लोक दोहोरीको क्षेत्रमा स्थापित भएकी गायिका कला पंगेनीले गीत संगीतको क्षेत्रमा थुप्रै तीता मीठा अनुभवहरू बटुलिसकेकी छन् । स्कुलमा पढ्दादेखि नै स्टेजमा गीत गाउन थालेकी कलाले प्रथम भएर पुरस्कार हात पार्दा पनि उक्त पुरस्कारलाई घरमा लगेर गौरव गर्नुको सट्टा हत्त न पत्त कसैले देख्छ कि भनेर लुकाउनुपर्ने बाध्यतालाई छिचोल्दै वर्तमान अवस्थामा आइपुगेको उनी बताउछिन । भर्खरै मात्र कामना डिजिटलको प्रस्तुति तथा कामना न्यूजको तर्फबाट किस्ना आचार्य रोशनीले गरेको कुराकानीमा फेसबुकमा सिंगल लेखिएता पनि आफू बुक भैसकेको अर्थात विवाहित भएको बताउंदै माया गर्न सबैलाई आधिकार रहेको तर आफ्नो बनाउने धारणाले माया गर्नु ब्यर्थ हुने बताएकिछन् । हुन् त विवाहिता भएको थाहा हुदाहुदै पनि सामाजिक संजाल लागयतका माध्यमबाट नाजीकिन खोज्ने र मौकाको फाइदा उठाउन खोज्ने हरुबाट आफू पनि अछुतो नरहेको उनले खुलासा गरेकी छन् । सुमधुर स्वर र सुन्दरता दुवैको संयोजनका कारणले गर्दा नै होला फोन र म्यासेजको जवाफ दिन पनि उनलाई धौ धौ परेको छ । दर्शक तथा स्रोताहरु सबैलाई उत्तिकै माया गर्ने र आफूले पनि निरन्तर साथ् पाइराख्ने अपेक्ष्या राखेको उनले बताएकीछन् ।

कुराकानीको पूर्ण अंशको लागि तलको भीडीयो हेर्नुहोला ।