त्यो कुराचाहिं फेरि पछि..गरौंला, अहिलेचाहिं म भन्छु तिमी सुन । धुवाँ -रबि खड्का (भिडियो सहित)

धुवाँ
-रबि खड्का

त्यो कुराचाहिं पछि..गरौंला,
अहिलेचाहिं म भन्छु ।
यदि संसारभरी प्रदुषण फैलाउन धुवाँ चाहिन्छ भने,
मेरो फोक्सो छोएर वायुमण्डल मा सरर जम्मा भएको धुवाँ लैजाउ,र भन ।
एउटा धूम्रपान गर्ने जाबोलाईत
आफ्नो फोक्सोको,मुटुको,कलेजोको,ओठको र जिब्रोको कत्ती मायां हुन्छ भनेर ।
म त देशको चिन्ता गर्ने मान्छे ।

त्यो कुराचाहिं फेरि पछि..गरौंला,
अहिलेचाहिं म भन्छु तिमी सन ।
सिमानामा,विर वलभद्र,भक्ती थापा र कालुपाण्डे हरु संग टिक्न नसकेको त्यो ‘कालो धुवाँ’
निरक्षर तर इमानी/स्वाभिमानी दिलहरुमा,
सुगौली सन्धी बन्यो र प्रवेश गर्‍यो ।
त्यो कृते/जाली तमसुकले देशलाई १०४ बर्श बोराल्यो ।
२००७ मा प्रजातन्त्र वा पहिलो दिल्ली सम्झौताको नाम दिएर त्यो फेरि नविकरण भयो ।
०१७ साल ०३६ साल र ०४६ साल गरेर त्यो तिनपटक संशोधन भयो ।
र त्यो फेरि उदायो,
अझ फराकिलो आकृतिमा
१२ बुंदे समझदारी अर्थात दोस्रो दिल्ली सम्झौता बनेर ।

त्यो कुराचाहिं फेरि पछि..गरौंला,
अहिलेचाहिं म भन्छु तिमी सुन ।
सताब्दिऔं लामो यो घम्सा घम्सिहरुले
शासन बदलिए/शाषक बदलिए,
राज आयो तर स्वराज कहिल्यै आएन ।
किनकी,त्यो कालो धुवाँले फोक्सो,कलेजो,मुटु,जिब्रो र ओठहरुमा प्रहार जारी राखेको छ ।
धुवाँले,
न धित मरुन्जेल खोक्न दिन्छ ।
आजराती योजना बन्छ भोलिबाटत सर्को सर्काउंदिन ।
तर म नउठ्दै,
छिमेकी मेरो दैलोमा आईपुग्छ र एक खिल्ली थमाईदिन्छ ।
अनि म,
सिंहदरबार को चौतारीमा बस्छु,सल्काउंछु अनि उडाईदिन्छु जनताको सपना,
काठमाडौं को धुलोसंगै धुवाँमा मिसाएर ।

त्यो कुराचाहिं पछि गरौंला,
अहिलेचाहिं सुनाईदेउ छिमेकी लाई ।
शुष्था मेरो मुटु हो ।
महेशपुर मेरो फोक्सो हो ।
लिपुलेख मेरो ओठ हो ।
लिम्पियाधुरा मेरो जिब्रो हो ।
रङ्गी-विरङ्गी धुवाँले निसास्सिएर पत्र-पत्रमा पोतो लागेको मेरो फोक्सोलाई धुवाँ पुगिसक्यो भनेर ।
अहिलेचाहिं म भन्छु तिमी सुनाईदेउ छिमेकिलाई ।
एता,आफ्नो फोक्सोलाई,मुटुलाई कलेजोलाई,ओठलाई र जिब्रोलाई बचाउनको लागि धूम्रपान छोड्ने निर्णय भएको छ ।
– (२०७४ पौष २७)