अमेरिकामा ५ कुराहरु गोप्य राख्नु पर्ने अपरिहार्यता

विजय थापा ,

अमेरिकामा राम्रो कुरा छाती खोलेर भन्दा केही फरक पर्दैन l सकारात्मक कुराहरुको वर्णन ढवांग ठोकेर गर्दा पनि हुन्छ l अर्थात् विकुल फुकेर यस्ता कुराहरु हिस्सा गर्दा केही प्रभाव पर्दैन l तर नेपालमा आफूले अमेरिकाको कानून बिपरित गरेका कुराहरु गर्दा केही हुदैन भन्ने कदापी मष्तिस्कमा राख्नु हुदैन l

अमेरिकामा हामीले बेला बेलामा समाचारमा पढ्ने गरेका छौ l अमेरिकाको सोध,खोज ,अनुसन्धान गर्ने ,पत्ता लगाउने पद्धति अत्यन्तै सशक्त छ l यो कुराको चर्चा परिचर्चा गरि रहनु नपर्ला l

सोध र खोज्नु पर्ने र हासिल गर्ने कुरा प्राप्त गर्न अमेरिका सक्षम छ l अमेरिकामा बसोबास गर्ने सबैले आफ्ना अमेरिकन कानून संग बाझिने कुराहरु बिगतमा गरिएको छ भने पनि गाठो नफ़ुकाउन नै राम्रो हुन्छ l यसले हामीलाई राम्रो गर्ने छैन l

आफूले बिगतमा यसो गरेको भनि आफन्त र साथीभाईमा पनि यस्ता कुराहरु साटासाट गरे कहिलेकाही दशा लागेको छ भने ठूलो बिपत्ति आई लाग्छ l तसर्थ यस्ता कुराहरुमा बढो संवेदनशिल हुन् जरुरी हुन्छ l

५ कुराहरु हरुमा गाठो न फुकाउदा नै उत्तम हुनेछ l

१. २१ बर्ष मूनिका किशोर किशोरीलाई मध्यपानमा संलग्न नगरौ :

नेपालमा मध्यपान किन्न किशोर किशोरी तथा २१ बर्ष मूनिका आफ्ना सन्तानलाई पठाउने पनि गरिन्छ l अमेरिकामा २१ बर्ष देखि मात्र कानूनी रुपमा मादक पदार्थ सेवन गर्न सकिने कानून छ l २१ बर्ष पछि कानून लाग्दैन l हामी परिवार बीच मादक पदार्थ सेवन गर्छौ l त्यस्मा पनि हामी २१ बर्ष मुनिका सन्तान अगाडि पनि सेवन गर्ने गर्छौ l बिदेशीहरु यस्ता कुराहरुमा संवेदनशिल हुन्छन l

हत्तपत्त सानो उमेरका परिवार संग अलग रहेर मादक पदार्थ पिउने गर्ने गर्छन l कैयौ पटक अमेरिकामा आफ्ना सन्तानलाई पनि आफूले गोप्य रुपले सेवन गर्न दिने गरेको कुरा साथीभाई तथा आफन्तमा कुरा खोल्दा बुवाआमालाई प्रहरीले पक्राउ गरि कानूनी उपचार गरेका उदाहरण प्रसस्त छन l यति मात्रमा सिमित नभई कारागार समेत चलन गरेका थुप्रै घटनाहरु घटेका छन् l हामी यस्ता कुराहरु बाट दूर रहौ l यसैमा सवैको भलो हुनेछ l

२. बालबालिकालाई घरमा एक्लै छोड्ने काम कदापी नगरौ : अमेरिकामा १२ बर्ष मूनिका सन्तानलाई एक्लै छोडेर कतै जान मिल्दैन l अर्थात् यस्ता उमेरकालाई
छोडेर जाँदा कोही न कोहीलाई संगै बसाएर जान अपरिहार्यता हुन्छ l हामीले नेपाल गरे झैँ केही हुदैन भन्ने सोच्यौ भने हामी कानूनको कठघरामा उभिनु पर्छ l

कानूनले पानी मुनि पनि छोड्दैन l तसर्थ आफू पटक पटक यसरी छोड्ने गर्ने गरेको छु l छोड्दा केहि हुदैन भन्ने कुरा कदापी चुहाउनु हुदैन l ठूलो दण्ड सजाय को साथै नाबालक बालबालिकाहरुलाई हेरचाह गर्न हेलचेक्राई गरेको अभियोगमा खोरमा जाकिनु पनि पर्ने हुन्छ l आफूले छाती फुलाएर आफूले यस्तो गर्ने गरेको कुराको भनक दिउ हुदैन l गर्नै हुदैन l कहिलेकाही अज्ञानतावस या बाध्यता भै यसो गरेता पनि मुख नखोल्नु हुदैन l मनको कुरा मन भित्र नै राख्नु पर्छ l

३.नशाबाज/अम्मली/ दुर्व्यसनी को उच्चारण नगर्नु : अमेरिका आएका सबैलाई यस कुरामा ज्ञान हुन्छ l कही कतै साथीभाई संगको उठ बस या अन्य भोज भतेरमा आफूले नियन्त्रण नगरी पिएर आफू नेपालमा हुँदा नशाबाज/अम्मली/ दुर्व्यसनी भनेर गर्व नगर्नु नै उत्तम हुनेछ l अमेरिकामा बिगत का सबै नकारात्मक कुराहरु सतह बाहिर न ल्याउनु नै आफ्नो लागि राम्रो हुने छ l किनभने यसरी आफू बिगतमा यस्तो थिए र यसो गर्ने गर्थे भन्ने कुरा सुनाउन आतुर नहुनु होस् l

काम गर्ने मानिसले झुक्किएर पनि यस्ता शब्द ननिकाल्नु बेस हुनेछ l किनकी अमेरिकामा मूर्दालाई पनि जिउदो बनाई कारवाई हुन्छ l यसरी बिगतमा गरेका कुराहरु मन भित्र र छाती भित्र राख्न सिकौ l यसैमा हाम्रो भलाई हुनेछ l किनभने काम गर्ने क्रममा आफू बिगतमा दुर्व्यसनी भन्दा भै रहेको जागिर नट हात धुनु पर्ने पनि हुन्छ l अमेरिका यस्ता कुरामा निकै संवेदनशिल भएकोले केही कुरा न ओकलौ l

४ अपराधीक गतिविधिमा संलग्न भन्ने कुरा को झनक नदियौ : अमेरिका छिर्न सवै भन्दा पहिले आफू कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएको लाई मात्र प्रहरीले सिफारिस गर्छ l तर कुरा त्यसो हुदैन l अमेरिकामा अपराधिक गतिविधिमा संलग्न मात्र भएको प्रमाण फेला पर्यो भने जीवन कठिन हुन्छ l धेरै कुराहरुको सामना गर्नु पर्ने हुन्छ l

सवैले यो कुरा गोप्य नै राख्दछन l सवैलाई यो कुराको ज्ञान हुन्छ l अमेरिकामा नेपालमा यस्ता गतिविधिमा संलग्न भएका मानिस नआएका भन्ने कुराहरु कदापी हुदैन l गोप्य मार्ग तथा अन्य बाटो बाट आएका पनि हुन्छन l अपराधी गतिबिधिमा कुनै प्रकारले केही कुरामा सहभागिता र भूमिका निर्वाह गरेको केही मात्र ईतिहास मात्र थाहा भयो भने मूल्य आफूले चुकाउनु पर्ने हुन्छ l

५.घरेलु हिंशा/पिटपाट : नेपाल देखि नै लागेको बानि अमेरिकामा पनि ल्याउनु भयो भने दुख आफुले पाईने हुन्छ l यी कुरामा कहिले पनि संलग्न नहुनु होला l किनभने सामान्य विवाद हुनु भनेको अर्को कुरा हुन्छ l र भौतिक कारवाईले डरलाग्दो रुप लिने हुन्छ l केही गल्ति भएको छ भने पनि आफूले सम्झौता गर्नु पर्ने हुन्छ l

यस्तो कुरामा कोस टाडा रहनु पर्छ l नेपालमा पनि यस्ता कुरामा आफू अगाडि भएको कुरामा अमेरिकामा गर्व गर्नु हुदैन l कसै संग पनि हिस्सा नगर्नु होला l किनभने अमेरिकामा साथीभाई ,आफन्त तथा छिमेकिले पनि उजूर गरि दिने हुनाले बढो बच्नु पर्ने हुन्छ l आफूले भुलेर पनि यस्तो क्रियाकलापमा संलग्न हुनु हदैन l यी कुराहरु सपनामा पनि सोच्नु हुदैन l

माथि उल्लेखित गरिएका कुराहरु हामी कसैले पनि अपनाएका छैनौ भन्ने सोचौ l यस्ता कुरामा ७ जुनी सम्म पनि गर्न नपरोस भन्ने सदबुद्धि आओस l यस्ता कुराको ज्ञान राखौ l अमेरिकामा मै स्थापित हुने ईक्षा तथा योजना रहे प्राण रहुन्जेल यस्ता कुराहरु आफ्ना मुख बाट या रुद्र घन्टी बाहिर नआओस l

२०७४ माघ ७ गते २३:४८ मा प्रकाशित