नेपाली सामुदायिक भबनको लागि चन्द्र योन्जनद्धारा एक लाख डलर सहयोगको घोषणा

विस्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विस्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।

यही उद्धेस्य प्राप्ती कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घरको रुपमा नेपाली सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आबस्यक पर्ने कोष संकलन अभियानको लागि गत १८ तारिखबाट शुरु भएको वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भैराखेको सप्ताहब्यापी महापुराणको तेश्रो दिन करीब चार सयको सहभागिता थियो । सप्ताहको तेश्रो दिन ४५ परिवार र एक जनाले आजीवन सदस्यता लिनु भयो जसबाट ६८,५०० डलरको प्रतिबद्धता जाहेर भयो भने सबै किसिमको चन्दा समेत गरी १,३२,७०४ डलरको प्रतिबद्धता जाहेर भयो । हिजोको उल्लेख्य योगदानमा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १,००,००० , सुरेन्द्र सेढाई बाट १०,००१ र खेम काडेलबाट ५,००१ डलरको प्रतिबद्धता हुन । यसअघि योन्जनले प्रतिबद्धता गर्नु भएको ५० हजार डलरलाई बढाएर एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको हो । सामूदायिक केन्द्र बनाउनका लागि मेलबर्नमा आयोजना गरिएको सप्ताहको तेश्रो दिन उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

करीब ३३,००० नेपाली बसोबास गरिने भिक्टोरियामा निर्माण गरिने नेपालीहरुको साझा घर निर्माणार्थ यो कार्यक्रमबाट डेढ मिलियन उठाउने लक्ष छ । यस अघि सबैभन्दा बढी रकम कार्यक्रमको दोश्रो दिन डा चन्द्र दीपक पोखरेल र श्रीमती निर्मला पोखरेलले २६,५०० डलरको प्रतिबद्धता जाहेर थियो । डा पोखरेल यही उद्धेस्य प्राप्तीका लागि स्थापित संस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टर संस्थाका अध्यक्ष पनि हुन ।

कलश यात्रा र बाजागाजा सहित शुरु भएको र दिनभरीमा करीब हजार जनाको सहभागिता रहेको पहिलो दिन ७८,९२२; दोश्रो दिन ६७,०६५ र तेश्रो दिन १,३२,७०४ गरी हालसम्म २,७८,६९१ डलरको प्रतिबद्धता जाहेर भैसकेको छ । उक्त महान र चुनौतिपूर्ण उद्धेस्य प्राप्तीका खातिर प्रतिबद्धता जाहेर गर्ने क्रमा जारी छ ।