दुवै मृर्गौला फेल भएका हिम बहादुरलाई मुख्यमन्त्रीका दाबेदार बोहराले गर्नेभए सहयोग

काठमाण्डु , ४ माघ– दुवै मृगौला फेल भएर उपचाररत कैलालीको घोडाघोडी नगरपालिका १३ का हिमबहादुर बोहरालाई अछाम १ (ख) का प्रदेश सांसद ले सहयोग गर्ने भएका छन् ।

७ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत रहेका माओवादी केन्द्रका प्रदेश सांसद झपटबहादुर बोहराले जीवन मरणको दोसाधमा रहेका हिमबहादुरलाई सहयोग गर्ने भएका हुन् ।

काठमाण्डुको त्रिवि शिक्षण अस्पताल पुगेर पीडितलाई भेटी सांसद बोहराले उपचारमा लाग्ने सम्पूर्ण खर्च जुटाउने प्रतिबद्धता जाहेर गरेका छन् । पीडित परिवारलाई उनले आफूले व्यक्तिगत रुपमा सहयोग गर्ने र सरकारसँग पनि पहल गर्ने आश्वासन दिएको हिमबहादुर बचाउ अभियानका संयोजक सुरेन्द्र बोहराले जानकारी दिए ।

मृर्गौला प्रत्यारोपणका लागि कम्तीमा ५ लाख रकम लाग्ने चिकित्सकहरुको भनाइ छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण अभियान नै चलाएर उपचारका लागि सहयोग जुटाउने काम भइरहेको छ ।kath
(काठमांडूटुडे)