पन्चे बाजाको यस्तो गीत पोखराको फेवा ताल र सुर्खेतको बुलबूल तालको नाम बाट बन्यो भिडियो

जापानमै बसेर नेपाली गीत संगीतमा तहल्का मच्चाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको पञ्चोवाजाको गीत पोखरामा फेवा भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समयका निकै लोकप्रिय सर्जक शिव अखेलीले शव्द सिर्जना गरेको सो गीतमा माया प्रेमलाई विषय बस्तु बनाइएको छ । देवी घर्ति र सुर्य खड्काको आवाज रहेको सो गीतमा सुर्य खड्काकोनै लय सिर्जना रहेको छ । माघ महिनालाई लक्षीत गरि सार्वजनिक गरिएको सो गीतमा बहुप्रतिभाका धनि विनोद भण्डारी र आरोशि मगरले अभिनय गरेका छन ।
गीत सार्वजनिक भए पछि तातोपाटी सँग कुरा गर्दै गायक सुर्य खड्काले आफ्नो विगतका सिर्जना जस्तै यो सिर्जनालाई समेत सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो । गीतको सम्पुर्ण पक्ष राम्रो रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस