बल्छीले छाडा पत्रकार हरुलाई दिय कडा चेतावनी (भिडियो सहित)

पुष २१, काठमाडौं । ‘एकजना बिराउने साखा पिराउने भन्ने उक्ति यतिबेला सिद्ध भएको नेपाली कला पत्रकारिता र कलाकारहरुका लागि । संचारमाध्यमको नाम दिएर दुई पैसा कमाउ र आफ्नो साइटलाई चलाउ भन्ने मान्यताबाट र समाजमा आँच आउने खालका अन्तरवार्ता लिने पत्रकारहरु र अश्लिलता प्रस्तुत गरी भद्धा लोकप्रियताका लागि अन्तरवार्ता दिने कलाकारहरुले सिंगो कलापत्राकारिता र कलाकारिता क्षेत्रलाई कलंकीत बनाउँदै आएका छन् ।

केहि हप्ता अगाडि मात्रै समाजलाई अश्लिलता पस्किने मिडियालाई र त्यस्तै भद्धा कुराकानी गर्ने कलाकारहरुलाई कारवाहीको माग गर्दै बहिरष्कार गर्ने निर्णयसहित संगीत कला पत्रकार संघले विज्ञप्ति जारी पनि गरेको थियो । तत् पश्चात गीतसंगीतको क्षेत्रमा लागेका विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् ।

यतिबेला, बल्छी ध्रुवेका नामले प्रख्याती कमाएका हाँस्यकलाकार मरिचमान श्रेष्ठले पनि नेपाली मिडिया र कलाकारहरु बीचमा भइरहेको कुसंस्कार विरुद्ध आवाज उठाएका छन् ।

हेर्दा नै आङ् सिरिङ्ग हुने युट्युवका थम्बनेल र हेडिङ राख्ने भद्धा ड्रेसअप र हाउभाउसहित कुराकानी गर्ने कलाकारका कारण आफु अपमानित हुनुपरेको अनुभव सुनाउँछन् बल्छी । कलाकार भनेपछि फोटो खिच्न, सेल्फी खिच्न, अटोग्राफ लिन भुतुक्क हुने परम्परा छ । तर कुनै फ्यानले फोटो खिच्न रहर गर्दा कलंकीत कलाकारसँग के फोटो खिच्नु भनेको सुनेपछि बल्छीलाई कलाकारिताप्रति नै हिनताबोध भएको छ । चर्चित र लोकप्रिय भैकन पनि कलाकारिताप्रति हिनताबोध हुनुको कारण उनले आफ्नो फेसबुकमार्फत लामो स्ट्याटस नै लेखेर सार्वजनिक गरेका छन् ।

युट्युवका अमार्यादित केहि थम्बनेल पोष्ट गर्दै पत्रकारिताको नाममा कलाकारलाई बोलाएर तल्लो स्तरको प्रश्न सोध्ने अनि कलाकारहरु पनि ‘जसो–जसो पण्डित बाजे, उसै–उसै स्वाहा’ भनेजसो गर्ने गरेकोप्रति बल्छी धुर्वेले आपत्ति जनाएका छन् । ‘जस्तो प्रश्न त्यस्तै उत्तर दिँदै हिँड्दा आम जनताले हामी कलाकारलाई के सोच्छन् ? ‘यस्ता खालका प्रश्न सोध्ने पत्रकार अनि सुन्नै नसकिने उत्तर दिने कलाकारहरु आफ्ना बा–आमा अनि आफन्तको अगाडि कसरी मुख देखाउँछन् ।’ भन्दै यथार्थता ओकलेका छन् । (म्युजिक खबरको सहयोगमा)

यतिबेला बल्छी धु्रवेको यो पोष्ट निकै चर्चामा छ । धेरै कलाकारहरुले ऐक्यवद्धता जनाएका छन् ।

हेर्नुहोस् उनले लेखेको स्टाटस जस्ताको तस्तै:

सबै च्यानल उस्तै हो भन्न मिल्दैन र छैन पनि तर केही च्यानल हरु पैसा आउछ भन्दैमा पत्रकारिताको नाममा कलाकारलाई बोलायर तल्लो लेभलको प्रस्न सोद्ने अनि हाम्रा कलाकारहरु पनि जसो-जसो पन्दित बाजे उसै-उसै स्वा भनेजसो गर्दा, आम जनताले हामी कलाकार लाई के भन्दै होलान???
यस्ता खालका प्रस्न सोद्ने पत्रकार अनि सुन्नै नसकिने उत्तर दिने कलाकारहरु आफ्ना बा-आमा अनि आफन्तको अगाडि कसरी मुख देखाउछन होला???

तेस्ता पत्रकारले सोद्ने प्रस्नहरु

-कति पल्ट गर्नु भो?
-को को संग गर्नु भो?
-कसरी गर्दा मज्जा आउँछ?
-भुईमा गर्नु भो कि खाटमा गर्नु भो?
-रातभरिमा कति पल्ट गर्नु हुन्छ?
यस्तै प्रकृतिका धेरै

कलाकारको उत्तर

-१० पल्त गरे।
-यसरी-यसरी गर्दा मज्जा आउँछ।
-मत भुईमा खाटमा हैन किचनमा गर्छु।
-एक रातमा ४ पल्त गर्न पर्छ मालाई।
-जसरी भन्नू हुन्छ त्यसरि गर्दिन्छु।
हैन हाम्रो समाज कता जदै छ कुन्नी????
अस्ति बाटोमा हिन्दै थिय एउटा सानो नानिले (मलाई देखाउदै) उ हेर्नू त ममि बल्छी जाम न एउटा फोटो खिचम भनिन।
अनि ती आमाले भन्नू भो-सुन्नै नहुने बोल्ने, हेर्नै नहुने कुराहरु पोस्ट गर्नेहरु हुन ईनिहुरु के पोटो खिच्ने नानी भन्दै जानु भयो। मैले सुने अनि आफैले आफुलाई छि छि छि… म कलाकार हामी कलाकार भन्दै आफ्नो बाटो लागे……
सायद कानुन भयक देश भयको भय यतिसम्म छाडात्रन्त हुन्थेनहोला।