२०७४ माघ महिनाको राशिफल: हेर्नुस कस्तो छ तपाइको माघ महिनाको ग्रहगोचर ?

-पं. अाेजराज उपाध्याय लाेहनी
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दाको समयलाई मकर संक्रान्ति भनिन्छ। सूर्यले मकर राशिमा प्रवेश गर्दा यसपालि कर्कट लग्न परेको छ। कालसर्प योग र ग्रहण योग पनि। राष्ट्रमा अनिष्ठ हुन सक्ने सम्भावना देखिन्छ। धार्मिक कुराको विबाद हुने र राजनीतिमा अकस्मात विषम परिस्थिति निर्माण भई द्वन्द्व हुनसक्ने सम्भावना छ। बैदेशिक हस्तक्षेपको पनि बलियो सम्भावना रहन्छ। संयमित नभएमा परिस्थिति अनियन्त्रित भई सैन्य शक्तिको प्रयोग हुनसक्छ। दक्षिण र पश्चिमबाट हामीलाई निसाना बनाउने प्रयास हुनेछ। प्राकृतिक प्रकोपको पिडा हुनसक्ने सम्भावना छ।

मेष

माघ महिनामा ग्रहगोचर त्यति राम्रो छैन। मनोबल घट्नुको साथै समयमा निर्णय नहुँदा कामहरु बिग्रन सक्ने योग छ। प्रेममा खटपट, वैवाहिक कार्यमा बाधा तथा नोकरी तथा राजनीतिमा समस्या आउने। परास्त गर्दै आफ्नाे वर्चस्व बढाउनसक्ने सम्भावना छ।

वैदेशिक कार्यमा सफलता मिले पनि आर्थिक कठिनाइले सताउनेछ।

बृष

माघमा ग्रहगोचर त्यति राम्रो छैन। काममा अलमल, मनमा दुविधा बढ्नेछ। धार्मिक र सामाजिक कार्यमा समस्या सिर्जना हुनेछ। राजनीतिमा प्रसस्थ संकटको सामना गर्नु पर्नेछ। शत्रुसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ। व्यापारमा संकट आउने र प्रेममा खटपट हुने तथा पति पत्नीमा विवाद सिर्जना हुने योग छ। आर्थिक कठिनाइ प्रसस्त मात्रामा बढ्नेछ। संयमित भएर अघि बढ्नुहोला।

मिथुन

समय खासै राम्रो छैन। स्वास्थ्य स्थिति नाजुक हुनेछ। मनमा दुविधाले दरिलो डेरा जमाउनेछ। लेनदेनमा चर्को विवादको सामना गर्नु पर्ला। राजनीतिमा ठूलो संकटको सामना गर्नु पर्ला। मित्रहरुसँग दु्श्मनीले लक्ष्य प्राप्तिमा बाधा आउनेछ। व्यापारमा, शैक्षिक उन्नतिमा, वौध्दिक कार्यमा र वैदेशिक कार्यमा भने प्रयत्न गर्दा केही लाभ उठाउन सकिनेछ।

कर्कट

ग्रहगोचरको स्थिति माघमा मध्यम रहनेछ। मित्र तथा पारिवारिक सहयोगको अपेक्षा नगर्दै राम्रो सफलताको लागि घरबाहिर आफन्त हरुबाट टाढा रहनु वेश। मुटु मस्तिष्कमा पिडा हुन सक्छ। व्यापारमा र वैदेशिक कार्यमा सोचेजस्तै लाभ उठाउन सकिनेछ। प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्नेछ। नोकरी तथा राजनीतिमा प्रतिस्पर्धाले लक्ष्य हासिल हुनेछ। गोपनीयतामा जोड दिनु राम्रो।

सिंह

समग्रमा माघ महिना राम्रो छ। सानातिना उल्झन आए पनि संयमित भएर काम गरे लक्ष्यमा पुग्न सकिनेछ। जोस र जाँगर बढ्नेछ। आफ्नै प्रयास र प्रयत्नले धेरै काम बन्नेछ। व्यापारमा लाभ मिल्नुको साथै विदेश पढ्न वा काम गर्न जाने अवसर पनि सजिलै मिल्नेछ। पढाइमा गरेका प्रयासहरु सफल हुनेछन्। अरुको विश्वास जित्न सकिनेछ। खर्चको गति तीव्र भएकाले सचेत हुनुहोला। आफन्तहरुको उचित सहयोग मिल्नेछ। सत्रु पराजय हुनेछन्।

कन्या

यो महिनाको ग्रहगोचर त्यति राम्रो छैन। बिनाकारण विवाद धेरै गर्नु पर्नेछ। मन अशान्त हुनेछ। घरझगडामा संयमित नभए घरै छाड्नुपर्ने स्थिति आउनेछ। धनमाल हराउन सक्छ। व्यापारमा गरेका प्रयासहरु फलदायी रहनेछन्। त्यस्तै वैदेशिक कार्यहरुमा पनि राम्रै लाभ उठाउन सकिनेछ। विद्या उन्नतिका लागि समय बलियो छ। नोकरी तथा राजनीतिमा धेरै अप्ठ्याराहरु आउनेछन्। यो समय संयमित हुनु राम्रो।

तुला

समय मध्यम रहनेछ। जोसजाँगर बढ्ने छ। आँटेका काम धेरै पुरा हुनेछन्। नयाँ कामहरु पनि हात पर्नेछन्। आमदानी पनि प्रसस्तै हुनेछ। मन भने महिनाभरि नै अशान्त रहनेछ। प्रेममा पनि खटपट हुने। पतिपत्नीबीच विवाद हुने र घरेलु समस्याले सताउने हुँदा सोचेर काम गर्नुपर्ला। रिसकाे वेग बढ्ने भएकाले सफलताको लागि धैर्यता अपनाउनु उचित हुनेछ। नोकरी तथा राजनीतिमा प्रयत्नले मात्र लाभ उठाउन सकिनेछ।

बृश्चिक

ग्रहले साथ महिनाभरि नै दिनेछ। मनमा उत्साह शरीरमा स्फुर्ति निक्कै बढ्नेछ। रोकिएका काम पनि बन्नेछन्। प्रसस्त आम्दानीको लक्षण देखिए पनि खर्च बढ्ने भएकाले संयमित हुनुपर्ला। बाेलीकाे प्रभाव नपर्ने हुँदा गोपनीयता अपनाउनुपर्नेछ। व्यापारमा लाभ हुनुको साथै नोकरी तथा राजनीतिमा गरेका प्रयास भनेर राम्रै हुनेछन्। मन चिन्तित हुने भयकोले धैर्यतामा जोड दिनुहोला। मनमा चिन्ता बढ्नेछ।

धनु

समष्टिमा माघ महिना मध्यम रहनेछ, विवाद सामना गर्नुपरे पनि अन्ततः सच्चाइले उच्च स्थान र मान पाउनेछ। आर्थिक रुपले यो महिना बलवान भए पनि खर्चको नियन्त्रण नभएमा धन सन्चित हुने देखिन्न। जोस र जाँगर बढ्नेछ। गरेका काम सजिलै सफल हुनेछन्। नोकरी तथा राजनीतिमा प्रतिस्पर्धा गर्नु परे पनि जित आफ्नै हुनेछ। व्यापारमा र वैदेशिक कार्यमा राम्रो उन्नति हुने योग छ। धनमाल हराउन सक्ने भएकाले सचेत हुन जरुरी छ।

मकर

ग्रह गोचरले साथ दिने अवस्था छ। तर संयमित हुन जरुरी छ। दशममा मंगल अनुकूल रहेपनि गुरुले केन्द्रेश दोष निर्माण गरेको हुँदा नोकरी तथा राजनीतिमा प्रसस्तै संकटको सामना गर्नु पर्नेछ। धन प्रसस्त कमाउने योग भए पनि खर्च गर्नु पर्ने बाध्यता धेरै आउनेछ। पराक्रम बढ्ने, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग भए पनि काममा अवरोध सिर्जना गर्नेहरु धेरै हुनेछन्। सफलताको लागि संयम भएर अघि बढ्नु उचित हुनेछ।

कुम्भ

समय राम्रो छ। महिनाभर नै धेरै काम गर्ने अवसर मिल्नेछ। सफलताको प्रतिफल लिन भने फाल्गुन महिनासम्म प्रतिक्षा गर्नुपर्ला। भाग्य बलियो हुनुको साथै कर्म पनि बलियो छ। नोकरीमा आउने समस्यालाइ सजिलै पार गर्न सकिनेछ। राजनीतिमा गुमेको स्थान पुनः प्राप्त गर्न समयले साथ दिनेछ। व्यापारमा भने कठिनाइको सामना गर्नु पर्नेछ। झुटा आरोप लाग्न सक्ने भएकोले गोपनीयतामा जोड दिनु वेस होला।

मीन

ग्रहगोचर राम्रो छ। स्वास्थ्यकाे भने ख्याल गर्नुपर्ला। आर्थिक कारोवार नगर्नु राम्रो। आयआर्जनको ठूलो श्रोत हात पर्नेछ। पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। व्यापारमा र वैदेशिक कार्यमा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम गर्ने अवसर पनि मिल्नेछ। वैबाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ। घर तथा सवारी साधन जोड्ने तर्खरमा भए सलिलै सफलता मिल्नेछ। नोकरी तथा राजनीतिमा प्रसस्त संकटको सामना गर्नुपर्ला।

देशसंचारबाट