सालैजोका बादशाह राजु गुरुङको पोखरा महोत्सबमा धमाकेदार प्रस्तुती(भिडियो सहित)

अमरसिंह चौरमा आठौ संस्करणको पोखरा महोत्सवको जारी छ । युनाइटेड क्लवले आयोजना गरेको महोत्सब आगामी पुसको २७ देखि माघको ८ गते सम्म सञ्चालन हुने जनाएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षण र सौर्य बत्ती जडान जस्ता सामाजिक काम गर्दै आएको युनाइटेड क्लवको आयोजनामा भइरहेको आठौ संस्करणको पोखरा महोत्सव भब्य रुपले सम्पन्न भइरहेको छ

यसैक्रममा सालैजोका बादशहाका रुपमा परिचित राजु गुरुङले आफ्नो गित मार्फत दर्शकको मन जितेका छन्. उनले करिब आधा दर्जन गित प्रस्तुत गरेका थिए.जब उनले सालैजो गाउन लागे उनले सागर आलेलाई सम्झीए र भने नेपाल आइडलमा सागर आलेको गाएको मेरो गित भनि उनलाई सम्मान पनि गरेका थिए.
हेर्नुहोस राजु गुरुङको धमाकेदार प्रस्तुती