राजा फालेर आएको गणतन्त्रले देउवा, प्रचण्ड र ओलीहरुलाई मात्रै फाइदा भयो देशलाई भएन

सिधाकुरा जनतासँगः बर्दीमै कार्यालयमा तास खेल्छन् ट्राफिक प्रहरी, विमानस्थलमा छाप लगाउने कर्मचारी हुदैनन् देखि श्रम कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउसम्म

हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीका बिषयमा बारम्बार रिपोर्टीङ गरीरहेका छौं ।
गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौं । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना । सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तास खेल्दा रहेछन् । अति नै भएपछि शुक्रवार हाम्रा दर्शक विनोद सिंह विष्ट मोवाईलको क्यामेरा अन गरेर सुर्खेतको विरेन्द्रनगरमा रहेको ट्राफिक प्रहरी कार्यालयमा पुगे । ट्राफिक प्रहरीहरु बर्दी लगाएर मस्त तास खेलिरहेका छन् । खासमा स्थानिय ग्यारेजवाला मोन्टु भन्ने व्यक्तिले मोटरसाइकलको साइलन्सर मोडिफाइ गरेको भन्दै ट्राफिक प्रहरीले उन्लाई हिरासतमा लिएको थियो । यिनै व्यक्तिलाई छुटाउन जाँदा स्थनिय विनोद सिंह बिष्टले यो भिडियो खिचेका हुन् । कार्यालयमा तास खेल्ने हवल्दार प्रविण थापा, हवल्दार नरेश खत्री र सिपाही ज्ञान बहादुर बि.क. हुन । साथै मोन्टुलाई छुटाउन ट्राफिक प्रहरीले उनिसँग पैसाको बाग्रेनीङ नै गरेका रहेछन् । विष्टका अनुसार ट्राफिक हवल्दार प्रविण थापाले ५ ओटा हजारका चिट काटे छुटाइदिने भनेका थिए ।

यती मात्रै हैन ट्राफिक प्रहरी कार्यालय बाहिर ट्राफिक प्रहरी खेमराज खत्रीले आँफुहरु पैसाको लागि जे पनि गर्ने बताएका छन् साथै मोन्टुलाई एक छिन् चेतावनी हुने र आँफुले शहीसापलाई भनेर छाडिदिने बताए । यति मात्र होईन यो विष्टले यो भिडियो फेसबुकमा हालेपछि ट्राफिक प्रहरीले धम्क्याउने तर्साउन गरेको उन्को भनाई छ । शुक्रवार बिहान त ट्राफिक हवल्दार प्रविण थापाले उन्को घरमै आएर धम्मी दिए । विमानस्थलमा रहेको श्रमको छाप लगाउने डेक्समा कर्मचारी हुदैनन् – श्रम कार्यालय मात्र होईन विमानस्थलमा रहेको श्रम डेक्सको अवस्था पनि त्यस्तै छ । शुक्रवार राती १२ बजेको बतनिया एयरलाईन्सबाट कतार जान लागेको नवलपरासीका राजन लम्साल १० बजेर २० मिनेटमा विमानस्थलमा रहेको श्रम काउन्टरमा पुगे । त्यहाँ कोही कर्मचारी थिएन्न् । उनी भित्र त छिरे तर बोडिङमा श्रमको स्टम्प नभएपछि उन्लाई रोकियो र उन्को प्लेन छुट्यो । राजनको यो गुनासो आएपछि हाम्रो टिम बिमानस्थल पुग्यो । हामीले राजनलाई लगेर श्रमको डेक्स राखिएको श्रमको कार्यालयमा पुग्यौ । हामी पुग्दा सवा दुई बजेको थियो । १३ जना कर्मचारी रहेको श्रम डेक्सको कार्यालयका ईन्चार्ज अनुज गौतम कार्यालय पुगेका थिएन्न् । हामीले सम्पर्क गरेपछि पनि उनले अझै ४५ मिनेट लाग्ने बताए । त्यसको एक घण्टा पछि हाम्रो भेट त्यहाका ईन्चार्ज अनुज गौतम र उनको टिमसंग भयौ । गौतमसहित शुक्रवार राती डिउटीमा खटिएका योगेन्द्र अधिकारी र शिवओम पुडासैनि पनि त्यही भेटिए ।

शुक्रवार राती खटिएका कोही कर्मचारी ८ बजे नै घर गएका थिए भने केही त्यपछि । शुरुमा त उनिहरुले आफुहरु साढे १० बजे सम्म कार्यालयमा रहेको बताए तर हामीले अन्य प्रमाणहरु देखाएपछि उनिहरुले आफ्नो गल्ती स्विकार गरे । १३ जना कर्मचारी रहेको यो कार्यालय केही पनि सिस्टममा छन् । कर्मचारीले हप्ताको एक दिन कार्यालय आएर सही गरेपनि कसैले थाहा पाउदैन् । समय त उल्लेखनै गरिदैन् । अन्तयत कर्मचारीहरुले राजन लम्साललाई बिदेश पठाउने प्रतिवद्धता जनाए । जसमा मेनपावरले पनि सहयोग गर्ने बताएको छ ।

फेरी श्रम कार्यालयका कर्मचारी २ लाख ३४ हजार घुससहित रंगेहातपक्राउ -बैदेशिक रोजगार विभाग अन्तरगतको श्रम कार्यालय ताहचलका कर्मचारीहरुले खुलेआम घुस लिएको हामी देखाउदै आएका छौँ ।सेवाग्राहीलाई सजिलै हुने काममा अवरोध देखाएर कर्मचारीहरु पैसा असुल्ने गरेका छन् । शुक्रवार फेरी श्रम कार्यालय ताहाचलमा कार्यरत नायवसुब्बा खगेन्द्रसाद गौतम २ लाख ३४ हजारघुस सहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो , कतार जाने युवाहरुसंग घुुस मागेपछि उनिहरुका उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
भिडियो

पक्राउ परेका नासु गौतमका अनुसार घुस लिएको २ लाख ३४ हजार रुपैयां कार्यालय प्रमुख सम्म सवै कार्मचारीलाई बाँडिन्छ ।
उनि आफ्नो भागमा १२ हजार मात्र पर्ने बताउँछन् । यस अघिश्रम कार्यालय ताहचलमा सिधा कुरा टिमले गरेको स्टिङ अपरेसनमा कम्युटर अपरेटर भाग्य नारायण झादलालहरुको सेटिङमा सेवाग्राहीसंग पैसा लिने गरेको प्रमाण हामीले भेटाएपछि उनले आफ्नो मोवाईल यसरी पालेका थिए । उनले पनि कार्यालयका सवै कर्मचारीहरुलाई भागपुग्ने भनि स्विकारेका थिए । यस्तै हामीले गरेको अर्काे स्टिङ अपरेसनमा श्रम कार्यालय ताहचलकै सुब्बाराजेन्द्र पौडेलले जापान जाने युवाहरुसं १६ हजार रुपैयाँ घुस लिएको देखायौ । उनले हाम्रो कार्यालयमै आएर घुस फिर्ता गर्दै श्रम कार्यालयका सवै कर्मचारीहरुले घुस लिने गरेको स्विकारेका थिए ।
अस्ती सल्लाह भयो अनिआज सँगै भनेर उहाँहरुले यहाँ आए पैसा दिनुभयो अझ के कति लाग्छ तँपाईहरुले बाँकी रहेको फिर्ता पाउनुहुन्छ । यो मैले बाँड्दा १०/१२हजार आउँथ्यो । न्युजट्वान्टीफोरबाट