मनोकामना माताले सबैको कल्याण गरुन, पुष २७ /जनवरी ११ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल पौष २७ गते बिहिबार इश्वी सन २०१८ जनवरी ११ तारीख माघकृष्ण पक्ष दशमी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस – ज्यो . पं . सरोज घिमिरे / धनकुटा खबर

मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला । मनोरञ्जनका साधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँकार्य थालनिका निम्ती आर्थीक लगानि उत्तम रहनेछैन । सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामाजिक कार्यमा समय ब्यतित गर्नुपर्ने समय रहेकोछ । प्रतिपक्षी सबल रहनाले कार्यसम्पादनमा गोप्यताको आवश्यक महसुस हुन सक्नेछ । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग बनाउनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कला कौशल तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रतिष्ठीत ब्यत्तित्वहरुको साथसहयोगले मन हर्षित रहनेछ । नयाँकार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । मानसिक चन्चलताले कार्यक्षेत्रमा सामान्य झन्झट उत्पन्न हुनसक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहनेछ । पारिवारिक स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आटँ र शाहसमा बृद्धि हुनेछ । तपाईको कार्य सम्पादनको श्रेय गैर ब्यत्तिहरुलाई प्राप्त हुनाले कार्य क्षेत्रमा निराशा उत्पन्न हुन सक्नेछ । यात्राका क्षेत्रमा सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोज भतेरजन्य कार्यमा सहभागीताको योग रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भ

बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ मित्र सहयोग प्राप्त हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्नेछ ।