डा. गोविन्द केसीको समर्थनमा आज यो कविता भिडियो

डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।

ज्वाला संग्रौला एउटा उखाने राँगो राज्यको १८ करोड ध्वस्त पारेर सुकेका मृगौलामा पानी हालेको हाल्यै, अर्को भकभके छोटाजिब्रे स्याल आफ्ना मतियारको सुन्निएको अण्डकोषमा सरकारी ढुकुटीको ७० लाख चढाँउदै, अर्को नालायक कठपुतली १ अरब झ्वाम् पारेर जेल हुलिएको केहि समयमै १ करोड धरौटी तिरेर खुलेआम हिँड्ने, हिजो मान्छेको घाँटीमा खुकुरीको धार रगेड्ने दिपके आज चोर शैलीमा संसद भवनमा छिर्ने , हिजो मातृभूमिको सेवा गर्छु भनेर बर्दी लगाएको फर्जीबहादुर सिलवाल आज बर्दी फूली सब पार्टीको झोलामा कोचेर चुनाब जितेपछि घाम तापी तापी घोडामा चढेर धुलो उडाउँदै हिड्ने अनि देशको लागि मरिमेट्ने डा. गोबिन्द केसीलाई चैं सर्वोच्च अदालतले पक्राउ पुर्जी भेज्ने? यी नालायक राजनैतिक गुण्डा र कानुनका ब्यापारी लुटेरा ,खानैले मरेका भोका फ्याउराहरुले हामीलाई हेप्नसम्म हेपेको होईन त यो? जनताहरु जाग्नैपर्छ है अब,भेडा बनेरै कति मालिकको दानापानीमा अल्मलिएर राजनीतिका टाट्नामा बाँधिनु? सर्वोच्च अदालतभित्र हातमा केरा समातेर उफ्रिरहेको बाँदर गोपाले डाका लगाएतका उग्रवादी टाउके र कानुनका बलात्कारी अभियुक्त हनुमानहरुका पुच्छरमा आगो सल्काएर लखेट्नु पर्ने भो ! यस्तै हो भने देश देश रहँदैन है मान्यवर, अन्याय र अत्याचारको बिरुद्दमा लड्न सक्ने दरो मुटु बोकेर आवाज उठाउनु पर्यो! सँधैभरी कुखुरे र भेडे भएर डुब्नै लागेको देशको डुँगामा चढेर नेपाली हुँ भन्दै उफ्रन अब कसैलाई पनि छुट छैन..!