मृगौला पिडीत बोहराको ज्यान बचाई दिन आग्रह (भिडियो सहित)

कल्पना बोहरा, अछाम,पुस२४/ दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोषादमा पुगेका छन ।

बिगत ३ बर्ष देखि मृगौला पिडीत बोहराको आर्थिक अवस्था कम्जोर भएका कारण घरमै उपचार गराउदा ठिक नभए पछि उहाँको अहिले काठमाण्डौमा रहेको टिचिङ हस्पीटलमा उपचार भैरहेको छ । आर्थिक अवस्था कम्जोर भएका बोहराका बुवा र्हक बोहराले लेवरी काम गरेर श्रीमती पार्वती बोहराको पाठेघरको उपचार गराए तर छोराको उपचारको लागी अहिले उहाँ सबै नेपाली दाजुभाई संग हात जाडदै छोराकोे जीवन बचाई दिन आग्रह गर्नुभएको छ ।

चिकित्सकले बोहराको दुई महिना भित्रै मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन । तर आर्थिक अवस्था कमजोर भएका कारण हिमको उपचार गर्न नसकेपछि परिवार बिचल्लीमा परेको छ । २१ बर्षिय बोहरा हाल उपचारका लागि काठमाडौमा छन । उनको मृगौला प्रत्यारोपणका लागि कम्तीमा ५ लाख रकम लाग्ने डाक्टरहरुले बताएपछि अहिले बोहराको उपचारको लागी उहाँका आफन्तहरुले काठमाडौ र धनगढीमा सहयोग रकम संकलन गरिरहेका छन । हिम बचाउ अभियानका संयोजक शुरेन्द्र बोहराले भन्नुभयो हामी अहिले हिम बचाउ अभियानमा रहेको र सबै नेपाली दाजुभाई, दिदिबहिनी संग सहयोग मागीरहेकाले सबैले सक्दो आर्थिक सहयोग गरीदिन आग्रह गर्नुभयो । मृगौला पिडीत बोहराको यस अघि भारतको भिन्न ठाँउ लगाएत कोहोलपुरमा पनि उपचार गराउदा ठिक नभएपछि अहिले उहाँको अहिले काठमाण्डौमा उपचार गरीएकाले सबैलाई सहयोगको अपिल गरेका छन ।

अहिले अभियानमा सुदुरपश्चीम युवा समाज लगाएत वभिन्न ठाँउमा अभियान चलाईरहेका छन । अभियानमा सक्रिय व्यातिmहरु ।। काठमाण्डौ शुरेन्द्र बोहरा, धनगढी कृष्ण बोहरा, अमेरिका उध्व केसी , युके टिका अधिकारी कोरीया दिवान बोहरा भारतबाट अम्बा दत्त भट्ट,रुविना क्षेत्री,भरत भट्टराई लगाएत,काण्माण्डौ सेवा समिती अहीले बोहरा बचाउ अभियान चलाई रहनु भएको छ । सहयोग गर्न चाहाने दाजुभाई तथा दिदिबहिनीले काठमाण्डौको मंगलबजार ललितपुरमा रहेको मृगौला पिडीत हेम बोहराको खाता नम्बर “प्रभु बैङ्क मा रहेको ०३२०१०००९४२४३३०००००१” वा नागरीता नम्बर ६७–०१–७३–०८–०७६ मा पठाएर सहयोग गरीदिन अनुरोध गर्नुभएको छ , मृगौला पिडित हेम बोहराकोः फोन ९८२२५४२४८२