छाडा भिडियो बनाउनेहरुलाई अब रविले नछोड्ने साथमा कमल सरगमले पनि दिए पत्रकारलाइ ठाडै चेतावनी (भिडियो सहित )

काठमाण्डौ
कमल सरगम भन्ने बितिकै पछिल्लो समय खरो पत्रकारको रुपमा चिनिने पत्रकार तथा संचारकर्मी हुन्।रेडियो यात्रा देखि टेलिभिजन यात्रा समेत तय गरिसकेका सरगम हाल आफ्नै अनलाइन लालीगुराँस डटकम संचालन गर्दै आएका छन।बोल्नमा नडराउने तर सत्यको बिरुद्धमा सधै सत्य तथ्य कुराहरु सम्प्रेसन गर्ने सरगमले यो पटक फेरी फेसबुकमा आएर छाडा गतिबिधि गर्नेलाई ठाडै चेतावनी दिएका छन
हेरौ उनले दिएको चेतावानिमुकल भिडियो :

युट्युवमा छाडा भिडियो बनाउनेहरुलाई सिधा कुरा । नेपाली क्रिकेटलाई आईसीसीले प्रतिवन्ध लगाउन सक्ने ।
प्रहरीकै संरक्षण्मा पशुपतीमा खुलेआम लागु औषधको कारोवार, १ करोड बढी ठगेर अमेरिका सेटलदेखि आईसीसीबाट नेपाली क्रिकेटलाई ब्याण्डसम्म

पशुपती क्षेत्रमा खुलेआम लागु औषधको कारोवार
पशुपतीनाथ परिसरमा खुलमखुल्ला प्रहरीकै संरक्षणमा लागुऔषधको कारोवार भैरहेको छ भन्दा आश्चार्य लाग्न सक्छ । तर पशुपतीनाथ परिसरमा गाडामा चिया पानि, गुड्खा बेच्नेहरुले नै गाँजा, चरेश देखि नाइट्रोसन कोरेक्स सम्मका लागुऔषधको व्यापार गरिरहेको भेटाएका छौँ । गौशाला चोक स्थीत प्रहरी वृत छेउमै लागुऔषधको कारोवार हुने गरेको सुचना आएपछि हामी आफै ग्राहक बनेर यहाँ चिया, पानी गुट्खा बेचिरहेका ती युवासम्म पुग्यौं । उनिहरुको भाषामा गाँजालाई हरियो माल भनिदो रहेछ । हामीले पनि यि युवक सँग हरियो माल माग्यो । उनको गाढामा रहेको बोराबाट ३ सय रुपयौँमा २ ओटा गाँजाको पोका हात प¥यो । यति मात्रै होइन उनिहरुलाई अन्य लागुऔषधका बारेमा बुझ्दा अर्को दिन मात्र ल्यादिने बताए ।

प्रहरी वृत नजिकै यसरी लागु औषधको कारोवार भैरहँदा पनि प्रहरी मौन छ । र यसका पछिमा पनि सेटिङनै रहेछ । लागु औषध कारोवारको लागि ती व्यवपारीहरुले गौंशला प्रहरी वृत देखि लागुऔषध अनुशन्धान व्युरो सबै तिरका प्रहरीलाई मासिक पैसा दिएर मिलाउने गरेको उनिहरु बताउँछन् । यो कुरा पुष्टी कसरी हुन्छ भने हामीले जुन युवाहरुसँग गाँजा किन्यौँ केही छिनमै गौशला प्रहरी वृतका एक प्रहरी उनिहरुसँगै हात मिलाउँदै गफिदै थिए ।
तर प्रहरीले ती युवाको गाडामा रहेको गाँजाको बोरा भने देखेनन । यो कुराले पनि पुष्टी गर्छ कि पशुपती परिसरमा हुने लागुऔषध कारोवारमा प्रहरीकै संरक्षण छ भन्ने कुरा ।

१ करोड बढी ठगेर अमेरिका सेटल

नेपालमा लाखौँ ठगी गर्ने र विदेशमा आश्रय लिने ठगहरुको संख्या दिनानुदिन बढ्दो छ । योजनागत रुपमा सयाँै मानिसबाट विभिन्न बाहानामा लाखौँ उठाउने र कुनै भिषा प्रक्रिया मिलाएर अमेरिका, अस्टे«लिया, जापान लगाएतका देशमा भासिने क्रम बढ्दै गएको छ । हामीले यस्ता ठगका विषयमा पटक पटक रिपोर्टिङ गरिरहे पनि नेपालको कानुन र अन्तरदेशिय केही नितिगत जटिलताका कारण उनिहरुलाईं नेपाल सरकारले नेपाल ल्याउन सकिरहेको छैन् । यिनै कानुनी जटिलताको फाइदा उठाउँदै नेपालमा लाखाँै ठगेर अमेरीकामा विलाशि जिवन बिताइरहेका छन् सुनसरी धरान स्थानिय ठेगाना भइ काठमाडौ माछापोखरीका ६४ बर्षीय रामनन्द चौधरीले । उनले काठमाडौंमा घर निर्माण गर्ने र बेच्ने काम गर्थे । यहि क्रममा उनले विभिन्न व्यक्तिहरुलाई घर निर्माणपछि पैसा दिने भन्दै लाखाँै रुपयौँ उठाए तर घर निमार्ण गरेर बेचे र कसैको पनि पैसा नतिरी अमेरीका लागे ।

तर नेपालमा उनले घर निमार्णका लागि निर्माण सामाग्री खरिद गरेका पसल, घर निर्माण गर्ने ज्यामी देखि आलमुनियम, छड, सिमेन्ट बालुवा लिएको पैसा पनि तिरेनन् । घर निमार्ण लागि भनेर ४९ लाख दिएकी गंगा घिमिरे अदालत पनि पुगिन र अदालतबाट चौधरीको घर रोक्का राखी पैसा तिर्ने भन्ने फैसला भयो तर सेटिङकै भर उता घर पनि बिक्री भैसक्यो ।रामानन्द चौधरीले गंगा घिमिरेलाई पैसा दिनु पर्नेछ भनि अदालतले फैसाला पनि ग¥यो त के गर्नु उनी स परिवारसहित अमेरिकामा सेटल भईसके । यति मात्रै हैन आलमुनियम खरिद गरेका बालकुमार श्रेष्ठको ३ लाख, घर पलाष्टर गरेका कुमार शाहीको २ लाख, फर्निचर तथा फर्निसिङका काम गरेको सोमी यादवको ९ लाख, घर निमार्ण गर्ने ठेकेदार मोतीलाल चौहानको १३ लाख तथा वाइरिङ गरेको जितेन्द्र कुमार कुसुहाको ९ लाख रुपयौँ चौधरीले तिरेका छैनन ।

सवै गरेरे चौधरीसंग उनीहरुले १ करोड २७ लाख रुपयौँ लिन बाँकी छ । यस अघि पिडितहरुले सिधा कुरामा जाने भनेपछि चौधरीले सवै रकम तिरिदिने पनि भने तर वास्ता गरेनन् । पिडितहरु अहिले पनि दिनहु हाम्रो कार्यालय धाईरहेका छन् ।

अव आईसीसीले गर्दैछ नेपाली क्रिकेटलाई ब्याण्ड

चरम राजनीतिक हस्तक्षेप, पदको लोभ, स्टर्लिङ पाउण्डमाथिको लुछाचुँडी, आफ्नाहरुलाई नै पदमा राख्नु पर्ने घिनलाग्दो खेलले नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यान यस्तो नराम्रो विवादमा फस्न पुग्यो । जस्को कारण भारत, पाकिस्तान, बंगलादेश त के क्रिकेटका दर्जनौ हस्ती भनाउँदा मुलुकलाई हराउँदै नेपाली खेलाडीले चुल्याएको शानमा समेत ग्रहण लाग्ने स्थिति आइपुग्यो । यही विवाद र चरम राजनीतिक हस्तक्षेपले बदनाम बनेको नेपाली क्रिकेटलाई नेपाली खेलाडीहरुको स्वतः स्फुर्तरुपमा जुराएको जोशले बचाएको थियो । तर क्रिकेटका लागि विश्वको सर्वोच्च संस्था इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीलाई राजनीति रुच्दैन, विवाद देख्न पनि मान्दैन ।

हेर्नुस आजको बेजोड भाग

यही कारण नेपालको क्रिकेटलाई आइसीसीले गत बर्षको वैशाखमा निलम्बन ग¥यो । यसैबीच पनि क्रिकेटमा उदाउँदो एउटा मुलुकको नाताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन बन्देज लगाएन, बाँकी हिसाबकिताब सबैमा भने चुकुल लगाइदियो । नेपाली क्रिकेटले आफ्नो स्वाधीनता यही गुमाउँदा पनि पीडाबोधसहित रमाउनु पर्ने एउटा ठाउँ रह्यो । तर नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा भने प्रतिबन्धित भएन् । स्वाधीनता गुमाएको कस्तो स्वाद हो यो ?यसपछि पनि विवाद मिलाउ, राजनीतिक नगर, आइसीसीको चार्टर अनुरुप अघि बढ्दै विधान सच्याऊ भनेर आइसीसीले बारम्बार भन्यो तर कस्ले सुन्ने ? आइसीसीको आदेशलाई अटेर गर्नेहरुको कारण नेपालको क्रिकेटमा डरलाग्दो अवस्थामा पुगेको छ यतिखेर । आइसीसीले तिमीहरुको सदस्यता कायम राख्नु पर्ने कारण के भन्दै मागेको प्रष्टीकरणको जवाफ नेपालले गत डिसेम्बर २२ मा दिएको छ तर त्यस्को जवाफ कस्तो आउला यही डरले सबै क्रिकेटप्रेमी नेपाली काँपीरहेका छन् यतिखेर ।

न्युजट्वान्टीफोरबाट

प्रकाशित मिति २०७४ पुष २०, बिहिबार