रबि लामिछानेले पर्दाफास गरे, यसरी नक्कली खेलाडी बनाएर तस्करी गरिन्छ युवा (भिडियो सहित)

मानव तस्करीको नेपालमा बिगबिगी छ । नेपालीहरु अनेक रुप गरेर बिदेश गएर धेरै पैसा कमाउन चाहन्छन् । बिशेषत यूरोप अमेरीका जस्ता देशमा जान उनीहरुले ठूलो धनराशी खर्च पनि गर्छन । मानव तस्करीको नाम हामीले धेरैमात्रामा अमेरीकाको बारेमा सुनेका हुन्छौं । गैह्रकानुनी रुपमा अमेरीका हिडेका मानिसहरु बेपत्ता भएका कोही मेक्सीकोबाट फर्केका कुराहरु सुन्दै र पढ्दै आएका छौं । तर यहा नेपालबाट नक्कली खेलाडी बनाएर बिदेश तस्कर गर्नेहरु पनि रहेछन् । रबि लामिछानेले सिधा कुरा जनतासंगको प्रत्यक्ष कार्यक्रममा उक्त कुराको खुलासा गरेका हुन । नक्कली खेलाडीको कागज बनाएर ६० लाख सम्म बुझाएर यूरोप अमेरीका छिर्न खोज्ने नेपालीहरुको कुरा लामिछानेले कार्यक्रम मार्फत बताए । कसरी सेटिङ मिल्छ त यस्तो कुरा ? भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=IaRGVj2nxQA&w=640&h=360]