अमेरिकामा प्रहरी तथा अफ्रिकन अमेरिकन (अश्वेत )संग झुक्किएर पनि बहस र विवाद नगरौ ,यसैमा हाम्रो भलाई हुने छ ?

विजय थापा ,अमेरिका हामी कसै संग झगडा गर्न आएका हैनौ l हामी विवाद गर्न पनि आएका हैनौ l हामीलाई यिनीहरु संग न लिनु छ ,न दिनु छ l हामी बहस पनि गर्न आएका हैनौ l अमेरिका हामी बिशुद्ध जीवन बनाउन आएका हौ l पैसा कमाएर आफ्ना परिवारलाई समेत अमेरिका झिकाउन आएका हौ l

हामी सम्वृद्धिको लागी सात समुन्द्र पार गरेर मातृभूमि छोडेर अमेरिका आएका हौ l हाम्रो मुख्य ध्येय स्थापित हुने हो l आफू र आफ्ना सन्तानको उज्ज्वल भबिष्यको लागि अमेरिकामा बसोबास गर्न चाहेका हौ l

अमेरिका अमेरिकामा सवै चिज गरौ तर अमेरिकाका प्रहरी तथा अफ्रिकन अमेरिकन (अश्वेत) संग मुखमुखै नलागौ l उनीहरु संग वादविवादमा पर्दै नपरौ l बहस पनि नगरौ l चुप लागेर जे भन्छ त्यही गरेमा मात्र हाम्रो ज्यान जोगिन्छ l बिना कारण संयमता नअपनाउदा र मुखमुखै लाग्दा अकालमा ज्यान जान सक्छ l

यस्तो भन्दैमा प्रहरी दमन भयो भने मानिस चुप लागेर बस्दैनन् पनि l तर हामी नेपालीहरु भिडन्त गर्न जादैनौ l जाने भनेको ,अमेरिकाका श्वेत र अश्वेत भिडछन् l प्रहरीलाई लात्तै लात हानेको पनि देखिन्छ तर प्रहरीले अन्त्यमा गोलि प्रहार आत्म सुरक्षाको लागि ज्यान जोगाउन गोली प्रहार गर्न बाध्य हुन्छन l

अमेरिका भर्खर आएकालाई यी कुराहरु निकै महत्वपूर्ण हुन्छ l आफु सतर्क हुनु जरुरी छ l हामी हाम्रो स्वाभिमान देखाउन आएका पनि हैनौ l हामी छिमेकी मूलुक गएर झगडा गरे जस्तो अमेरिकामा हुदैन l एकैछिनमा हाम्रो प्राण जान्छ l कठै भन्ने पनि कोही हुदैन l केवल धैर्यता ,शान्त र चुप लागेर बस्ने हो भने जीवन बक्सिस हुन्छ l

हामी भित्र जति नै रिस,घमण्ड,दम्भ भएता पनि अमेरिकामा आफ्नो नेपाली नेपाली भित्र तुजुक देखाए जस्तो बिर्सेर पनि प्रहरी तथा अफ्रिकन अमेरिकन (अश्वेत )गर्नु हुदैन l

सबै प्रहरी असल हुन्छन भन्ने के छ माप दण्ड ? असल हुन्छन तर कहिलेकाही हामीलाई दशा लागेको बेलामा उनीहरु पनि मानव नै भएकोले आफूलाई के गर्ला जस्तो लाग्यो भने तातो गोली को शिकार बन्नु पनि सकिन्छ l प्रहरीले विभिन्न कारण बाट मानिसले सोधपुछ गर्न सक्छ l हामी भर्खर अमेरिका आएकालाई कसरी व्यवहार गर्नु पर्छ भन्ने ज्ञान नहुन सक्छ l

कहिलेकाही प्रहरी पनि त्यस्ता स्वभावका पर्न सक्छन त्यसैले उनीहरुले जे भन्छन त्यो हामीले गर्नु पर्छ l नत्र कैयौ को ज्यान त्यतिकै गएको छ अमेरिकामा l अधिकांस स्थानमा प्रहरीले गोली चलाउदा उनीहरु माथि चलाईएको मुद्धा पनि फिर्ता हुने गर्छ l हामी सावधान हुनु पर्छ l

२०१७ मा मात्र प्रहरीले १५ बर्षको अश्वेत जोर्डन एडवार्ड ,लुईजियानामा ३७ बर्षिय अश्वेत ,एरिजोना ,मिनेसोटा सेन्ट लुईस र ओकल्हामा प्रहरीले हतियार बिनाका युवा तथा मानिसलाई गोलि प्रहार गरि मारेको छ l लेख लेख्ने क्रम मै केही समय अगाडी मात्र सिकागोमा मानिसलाई प्रहरीले गोलि हानेको समाचार छ l

झगडा ,बहस र विवाद र भागदौड गर्दा पनि तातो गोली खाएका छन् l हामी कसैलाई पनि प्रहरीले केरकार गरेको छ भने आरामले सोधेको कुरा मात्र जवाफ दियो भने कालको मुख बाट बचे झैँ हुन्छ l अमेरिकाको साउथ क्यारोलिना मा हतियार बिनाकाको युवकलाई गोली प्रहार गरि मारेको आरोपमा २० बर्ष को कारागार को सजाय पूर्व श्वेत प्रहरीले पाएका छन् l

यसै गरि प्रहरीलाई आफ्नो कर्तब्य पालन गर्ने क्रम मै न्यू योर्क ,फ्लोरिडा ,टेक्सस क्यालिफोर्निया लगायत थुप्रै स्थानमा गोली प्रहार गरिएको छ l अश्वेत (अफ्रिकन अमेरिकन ) हरु ज्यादै बेरोजगार भएकोले अत्यधिक अपराधिक गतिविधिमा संलग्न हुन्छन l उनीहरु जहाँ नगद कारोबार ज्यादा भएको स्थान हुन्छ त्यहाँ लक्ष्य बनाउछन l उनीहरुले ज्यादा ईन्धन चौकी (ग्यास स्टेसन ) मा ज्यादा आक्रमण गर्न हुनाले सतर्क र ज्यान जोगाउनु नै ठूलो हुन्छ l

अमेरिकाको झन्डै २ हजार उच्च बिद्यालयबाट ६० प्रतिसत भन्दा कम बिद्यार्थीहरु १२ कक्षा उत्रीण हुन्छन l ६ बिद्यार्थीमा १ बिद्यार्थी १० कक्षा नपुगी छोड्ने गर्छन भने ३ मा १ अल्पसंख्यक बिद्यार्थी(करिब ३२ प्रतिसत ) त्यहि छोड्ने झुण्डमा प्रवेस गर्छन l यसरी अधुरो मै पढाई छोड्ने बिद्यार्थीहरु मध्ये ७५ प्रतिसत अपराध गतिमा संलग्न हुने गरेको देखाएको छ l अधिकांश छोड्ने बिद्यार्थीहरु अश्वेत हुन्छन l यस्तो तथ्याँक भए पछि अपराध स्वत बढ्दछ l

लुटपाटमा आएका अश्वेत या श्वेत भएता पनि झुक्किएर पनि झगडा ,बहस र विवाद गर्नु हुदैन l यसैमा हाम्रो भलाई हुनेछ l केही लुटेर केही बिग्रिदैन l यस्तै काण्डमा नेपालीहरु समेत को ज्यान गएको छ l एकल छोरा तथा घरको एक मात्र कमाउने सन्तानको ज्यान गएका छन् l हामी संचार माध्यममा यस्ता दुखद घटनाहरु कहिलेकाही पढ्छौ l बहस गर्ने हुदैन l पसलको बीमा गरिएको हुन्छ l जे लान्छ लान दिनु पर्छ l तर हाम्रो ज्यान बच्नु पर्छ l

तपाई हामी कोही पनि अमेरिकामा नयाँ छौ र अमेरिका आउन खोजी रहेका छौ भने प्रहरी र बिशेष अश्वेत (अफ्रिकन अमेरिकन )संग बालबाल बच्नु नै बुद्धिमानी ठहर्छ l