नायक निखिल उप्रेतीसंग दुई चलचित्र गरेर चर्चामा आएकी नायिका सारा शिर्पालीको नयाँ म्युजिक भिडियोले यतिखेर बजार तताएको छ।

“न आउ तिमी सजिएर जे नि हुन सक्छ
यो मन मेरो बहकिएर जे नि हुन सक्छ”
गीतकार नृपेश उप्रेतीको यस गीति गजलको भाव अनुसार सारालाई अत्यन्तै कामुक रुपमा प्रस्तुत गरिएकोछ।
अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतको यो गीति गजलमा चर्चित गायक हिमाल सागरको आवाज रहेको छ। “आफूले गाउँदै आएको भन्दा फरक शैलीको भएकोले यो गीत दर्शक श्रोताहरुलाई मन पर्ने कुरामा हिमाल ढुक्क छन।
अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारीको निर्देशनमा बनेको यो गीति गजलको भिडियोमा सारालाई यसरी सजिएर आयौ भने जे नि हुन सक्ने एकसाथ चेतावनी दिएका छन गायक हिमाल सागरको साथमा मोडल रवि सिंहले। उत्सव दहाल छायांकन रहेको यो गीतलाई निशान भट्टराईले सम्पादन गरेका हुन।
साराको यसअघि निखिल उप्रेतीसंगको रुद्र चलचित्र सार्वजनिक भैसकेको छ भने पिंजडा ब्याक अगेन रिलिजको तयारीमा छ।
लण्डनमा छायांकन गरिएको अंजु पन्तको आवाजको गीतकार नृपेश उप्रेतीकै गीत “जुनि जुनी” बाट नायिका साराले यो क्षेत्रमामा डेब्यु गरेकी हुन भने यो उनको चौथो म्युजिक भिडियो हो।