१५० बढी चेली बेच्ने वार्ड अध्यक्ष पक्राउ: कामानपाका मेयर-उपमेयरले राजीनामा दिनु पर्ने भिडियो

बाल व्यापार गर्ने बालवालिका केन्द्र प्रशासनको नियन्त्रणमा । घुस सहित यातायातका कर्मचारी पक्राउ !
इगो बोकेर शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस् र मज्जाले झगडा गर्नुस

काठमाडौँ महानगरपालिका मेयर र उपमेयरको दोहोरीले आज चर्चा पाएको छ । विशेषगरी पुरातात्विक महत्वको मल्लकालिन सम्पदा रानी पोखरी पुनः निमार्णलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेको छ ।

मोवाइल काण्ड देखी स्मार्ट सिटि, मोनो रेल, मेट्रो रेल सम्मका सपना बाँडेर मेयर हुदा देखि विवादमा छन् । मुलुकको राजधानीको मेयरबाट जे जस्तो अपक्षा गरिन्छ त्यसको छेउछाउमा पनि मेयरसाब नभएको टिप्पणी हुन थालिसकेको छ ।

सय दिन भित्र पुरा गर्छु भनेका बाचा अधुरा र अपुरा हुँदै गर्दा अब त मेयर उपमेयरको बेमेल सहतमा आएकोछ । महानगरपालिकाको उपमेयरले आज रानी पोखरीको पुनःनिमार्ण रोक्न ताला लगाएको केही घण्टा भित्रै मेयरले ताला तोडेका छन् ।ताला तोड्नुको मतलब रानीपोखरीको पुनः निमार्ण नरोक्नु भन्ने नै हो । पुरातत्व विभागको अनुमती नलिएको रहेछ भनेर उपमेयरले ताला लगाएको रानीपोखरीको ताला जब मेयरले फोडे त्यसले मेयर उपमेयर विचको विकराल अन्तरद्धन्दको ताला पनि सँगै तोडियो ।

शहरहरु आधुनिक हुनु पर्ला तर काठमाडौं शहर एक सांस्कतिक, पुरातात्वीक अनि कलाकृतिको मौलिकताले भरीपुर्ण शहर हो । यो शहर हेर्ने मानिसहरु ठुला ठुला गगन चुम्वी भवन हेर्ने रहर बोकेर होइन पुरातात्विक महत्वका कलाकृति र ऐतिहासिक धरहरा हेर्न आउँछन् । यो कुरा छाडिदिँउ अहिलेलाई तर राजधानी शहरका मेयर उपमेयर अफिसमा मिटीङ गरेर आउन सक्दैनन् ? विहान उपमेयर आउने ताला लगाउने दिउँसो मेयर आएर ताला तोड्ने ?

केटाकेटी पनको हद भयो यो त । यो शहर तपाईहरुको निजी सम्पत्ती होइन र जनताले तपाईहरुलाई एक अर्काको मुखै नर्हेन र सार्वजनिक ठाउँमा चटक देखाउन आफ्नो अमुल्य भोट दिएका होइनन् ।

अरु देशका शहर र राजधानीहरु ति देशका शान हुन, इज्जत हुन । २४ घण्टा मेहनत गरेर मेयर उपमेयरहरु कामको बाँडफाँड गर्छन र दिन २ गुणा रात चौगुना काम गरेर शहर झकी झकाउ बनाउँछन् । क्या शानदार सडक, पेटी, सार्वजनीक सवारी, पार्क २४ सै घण्टा खाना, मनोरञ्जन यातायातको सबिधा भएको शहर बनाउँछन् ।

हाम्रो हालत हेर्नुस त । ताला लाउने की तोड्ने भन्ने कुरा अफिसमा बसेर छलफल गर्नुस । सुन्नेलाई लाज हुने गरी आआफ्नो इगो बोकेर हाम्रो यो शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस र मजाले झगडा गर्नुस ।

धेरै सक्षम मानिसहरु हारेर तपाईहरुले चुनाव जित्नु भएको हो । ५ बर्षको लागि राजै भइयो भन्ने सोेचेर होइन, ५ बर्ष महानगरको सेवा गर्छु भनेर काम गर्नुहोस् ।

५ बर्षमा मुहार फेरेका कयौँ देशका सयौँ शहरहरुको राजा २ मिनेट गुगलमा खोजे पनि पाइन्छ तर यो शहरलाई ५ बर्षमा बदल्न सक्नु भएन भने तपाईलाई भोट दिनेहरुको नाक च्वाट्टै काटिन्छ ।

काठमाडौँ महानगरापालीकाका मेयर तथा उपमेयर ज्युहरु, आफ्ना भोटरहरुको नाक काटेर आफ्नो नाक के फुलाउने ?

आजको १६३ औं इपिसोडमा हामीले तपाईलाई धापासीको असहाय बालबालीका केन्द्रको प्रहरी प्रशासनको छापा, गाउँपालिका अध्यक्षले १५० भन्दा बढी नेपाली चेलीलाई बेचेको रिपोर्ट ।

धापासीको असहाय बालबालिका केन्द्रमा प्रहरी प्रशासनको छापा (बालगृह फलोअप)

धापासी स्थित असहाय बालबालिका शिक्षा केन्द्रले अवैद्ध रुपमा बालवालिकालाई विदेश पु¥याउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले केन्द्रमा छापा हानेको छ । गाँउका बालबालीकालाई अभिभावकको सहमति विना धर्मपुत्र र पुत्री बनाएर विदेश बठाएर बाल व्यापारको धन्दा चलाईरहेको छ ।

गाउँपालिका अध्यक्षले बेचे १५० भन्दा बढी नेपाली चेली

महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउपालिका १ का तीनजना पीडित महिलाले तामाङविरुद्ध ‘सिआईबीमा जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार तामाङ सञ्चालन गरेको भारतका नयाँदिल्लस्थित जेवी रोडको, गल्ली नम्बर ६४ मा ३५ जना, पुनास्थित सोना गार्छे १५मा २७ जना , कोलकत्तमा १५ र मुम्बाईमा ८ जना युवतीलाई यौनीदासी बनाएका छन् । अहिलेसम्म उनले २ सय ५० भन्दा बढि नेपाली महिलालाई यौनकर्मी बनाएर भारत पु¥याई सकेको छ ।

तामाङ यस अघि २०६८ सालमा मानव वेचविखन तथा ओसरपसार मुद्वामा जिल्ला अदालत नुवाकोटबाट ६ बर्षको जेल सजाए सुनाएपनि फरार रहे । २०७१ सालमा पनि मानव बेचबिखन तथा ओसारपसार मुद्वामा ५ लाख धरौटीमा छुटे ।

१० महिना अघि पनि मानव बेचबिखनकै मुद्वामा ६ लाख धरौटी छुटेका थिए । अदालतको तारेख चलिरहेकै बेला स्थानीय तहको निर्वाचनमा उमेदवार बने र जिते पनि । बर्षौदेखी आफ्नै गाँउका सयाँै चेलीबेटी भारत पु¥याएर आँफै यौनदास बनाउने उनी जनप्रतिनीधिका रुपमा विजय भएपछि झन् सक्रिय भएर धन्दा चलाउँदै थिए । (पानाखबर)

बर्षमान भावुक बने, अोनसरीले त आँसु नै झारिन्। ‘तिम्रो छोरोलाई चुँडेर लाने हामी नै हौं ।’