महोत्सवको पूर्वसन्ध्यामा बेहुली झै सिङगारिदै दमक

दमक । दमक उधोग बाणिज्य सङघले उधोग ब्यापार कृषि एबम पर्यटनको बिकास , स्वावलम्बी आत्मानिर्भर र समृद्धि बर्तमानको निकास भन्ने मुल नाराका साथमा झण्डै दस बर्षको फरकमा दमक महोत्सव २०७४ सुर हुँदैछ । यस महोत्सवमा एरोपेलेन मुख्य आकर्षकको रूपमा रहेको छ ।

राष्ट्रिय तथा अन्तरास्ट्रिय औधोगिक बस्तु तथा सेवाहरुको प्रखृशन तथा खरिदबिक्री साथमा अत्याधुनिक प्रबिधिको बाल उधान तथा खेल तमासा र प्रियंका कार्की , ज्योति मगर, जितु नेपाल लगायतका राष्ट्रि स्तरका कलाकारहरुको दैनिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यस महोत्सवमा यस्पाली अत्याधुनिक कृषि सम्बन्धि उपकरणहरुको प्रर्दशनी तथा खरिदबिक्री पनि हुदैछ । मुख्य आयोजकको रूपमा दमक उधोग बाणिज्य संघ र नेपाल उधोग बाणिज्य महासङघ रहेको महोत्सवको संरक्षकमा दमक नगरपालिका रहेको छ भने प्रबन्धकको जिम्मेवारी नेपाल पर्यटन बोड र ब्यापार तथा निकासी पर्यटन समिती रहेको छ ।

 

मुख्य प्रयोजकको रूपमा तुलशी बहुउद्देश्यीय सहकारी सस्था रहेको छ भने शिखर अर्गनाइजेसन लिमिटेड प्रमोटेडको रूपमा रहेको यस महोत्सवको मुख्य सम्योजक राजन दङगाल हुनुहुन्छ । महोत्सवलाई सफल बनाउन यस सस्थाका सम्पुर्ण पधादिकारि र कर्मचारीहरु लागी परेका छन । त्यस्तै दमक नगरलाइ बेहुली झै सिङारिएको छ । महोत्सव यही पुस २७ गतेदेखि माघ ८ गतेसम्मको हुनेछ भने दमक नगरपालिका वडा नम्बर ७ सयपत्रि टोल रतुवा किनारमा सुरु हुँदैछ ।