युएईमा पाकिस्तानी र बंगाली युवकको, यौन प्यास मेटाइदिने नेपाली युवतीहरु.. मन छुने भिडियो

महेश बोहरा युएइ,
दिउँसोको ३ बज्नै लागेको थियो । कोही समुन्द्र नुहाउन जाउँ भन्दै थिए, त कोही आजमानको बसपार्क घुम्न जाउँ भन्दै थिए । युएईको सातवटा स्टेट मध्ये हामी आजमानमा बस्थ्यौं ।आजमानको बसपार्क परिसर ठूलो र खुल्ला चौर भएकाले धेरैजसो नेपालीहरु त्यो ठाउँमा भेटिन्छन् । हामी आजमानकै बसपार्क जाने निर्णय गर्यो । म कोठावाट बाहिर निस्कीएँ । पल्लोकोठाबाट एकजना झण्डै २२–२३ वर्ष उमेरकी युवती निस्कीदै थिइन् ।

कोठा बाहिर बसेका ८–१० जना युवाहरुको भीड त्यस युवती तर्फ केन्द्रीत थियो । पाकिस्तानीहरु बस्ने कोठाबाट निस्कीएकी ति युवती जानि नजानि हिन्दीमा कुरा गर्दै थिइन् । आज में थोडा बिजी हुँ, कल आँजाएगें फिर (आज म थोरै व्यस्त छु भोली आउँछ फेरी) ।

म अच्चममा परें । उनीहरुबीचको दोहोरो संवाद र ढोकाबाहिर देखिएका युवाहरुको झुण्डको बारेमा खासै बुझिन । युवती त्यहाँबाट निस्कीन् । म ति युवतीले जानि न जानि बोल्दै गरेको हिन्दी र त्यहाँ बसेका युवाहरुको भीड हेरिरहें । बाहिर ति युवतीलाई पिकअप गर्न कालो रङको कार तयारी अवस्थामा थियो । त्यति बेलासम्म बसपार्क जानका लागि सबै साथीहरु कोठाबाट बारिह निस्कीसकेका थिए ।