अनमोलको कृ सँग डराएर कान्छी सारेको भन्नेलाई श्वेताको गतिलो जवाफ [भिडियो सहित]

अतितलाई खराब सपना सोचेर स्वेता खड्का पुन: तीन वर्षपछि फिल्ममा फर्केकी छिन् । ‘कहाँ भेटिएला’ नामक चलचित्र मार्फत डेब्यु गरेकी नायिका स्वेता ‘कोहिनुर’ पछि पर्दाबाट टाढै बसिन्। यी तीन वर्षमा धेरै फिल्मका अफर आएता पनि उनले कुनै रुचि देखाइनन्। बरु आफ्नै प्रोडक्सनमा फिल्म बनाउने निर्णय गरिन्।

मन छुने कथामा फिल्म बनाउने उनको निर्णयकै पहिलो उपज हो– कान्छी। ” ‘क’ बाट नाम स्वेतालाई फाप्ने भएकै कारण उक्त चलचित्रको नाम कान्छी राखिएको हो।” उनले भनिन्।

‘चलचित्र क्षेत्रले दोस्रो जुनी दिएको जस्तो लाग्छ मलाई। दर्शकहरु कै मायाले तीन वर्षपछि म फेरी ‘कान्छी’ मार्फत फर्केर आएको छु। आशा छ सबैले यो चलचित्र मनपराइदिनु हुन्छ र स्वेताले राम्रो चलचित्र बनाएछ भनेर स्याबासी पनि दिनुहुन्छ।’ बिश्वस्त भएर उनले भनिन्।

हेर्नुहोस् भिडियो: