कान्छिको बगैचामा भन्दै एन आर अस्मिताको पछी लागे पछी (भिडियो सहित)

घरघरमा ग्यास पाइप र के म ह्यान्डसम छैन र बोलको गितको अपार सफलता पछि गायक तथा सर्जक अरबिन्द्र भट्टाराईले नयाँ एल्बम ‘कान्छिको बगैचामा के फुल फुल्यो होला’  बजारमा ल्याएका छन् । गितसंगित र हास्यव्याङग्यको क्षेत्रमा राम्रै छाप राख्न सफल भट्टाराईले यस भन्दा अगाडि बजारमा ल्याएका गितहरुमा केही व्याङग्य प्रहार गरिएको थियो र दर्शक श्रोताले गित असाध्यै मन पनि पराएका थिए । अघिल्लो गितहरु केमेडी बेशमा आधारित भएर बनाए पनि दर्शक श्रोतालाई केही फरक स्वाद दिउँ भन्ने सोचले यो गित थोरै फरक ढङ्ग बाट पस्किने प्रयास गरेको गायक भट्टाराईले बताएका छन् । शो गितमा उनले आफ्नो जन्म थलो बन्दिपुरको सुन्दरतालाई गित मार्फत प्रस्तुत गर्ने कोशिस गरेको उनले जानकारी दिएका छन् । साथै सबै दर्शक श्रोताको मन जित्न सक्छ भन्ने आश गरिएको शो गितको शव्द /लय गायक आफैले गरेका छन् भने उनलाई गायनमा तुलसी घर्ती मगरले साथ दिएकी छिन् ।यस गीतमा  मोडलिङ्ग गर्दै  एन.आर गौतम र अस्मिता राना मगरले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन । यस गीत मा गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन ‘कान्छिको बगैचामा के फुल फुल्यो होला’ नामाकारण गरिएको यस गीतालाई मन्दिप राना मगरले निर्देसन गरेका छन । जि सि फिल्मस प्रालिले दृस्य निर्माण गरेको यस गीतालाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन त्यसै गरी राम कृष्ण चौलागाइले छयान्कन गरेका छन । सबैको मेहेनेत ले गीत तयार गरिएकाले राम्रै चर्चामा आउने यस गीत लाई बजारमा ल्याएको ओके नेपाल टीमले बताएको छ  । [youtube https://www.youtube.com/watch?v=G-abnQUCAXE&w=560&h=315]