तेरिया मगर कहाँ, के गर्दै छिन ?(हेर्नुहोस भिडियो)

पोखरा । नेपाली नृत्य क्षेत्र बाट अन्तर्राष्ट्रिय स्तरमा यति ठुलो सफलता पाएको छ भने मात्र तेरिया मगरले पाएकि छिन । सानै देखि नृत्य प्रतियोगिताहरुमा भाग लिई रहने तेरिय छिमेकी देश भारतको बहुचर्चित टेलिभिजन कार्यक्रम डान्स इन्डिया डान्स र झलक देख लाजाकि बिजेता हुन् ।  सन् २०१४ मा DID Little Master बने देखि नै तेरिया अन्तर्राष्ट्रिय स्तरको कलाकारको रुपमा स्थापित भै सकेकी छिन । अहिले तेरियाको नृत्य प्रस्तुतिहरु हेर्न विभन्न देशबाट निमन्त्रणा दिने गरिन्छ ।

[youtube https://www.youtube.com/watch?v=jxYIY9C66y0]

अहिले सम्म विदेशका धेरै शोहरुमा आफ्नो प्रस्तुति दिई सकेकी छिन । त्यसै क्रममा यहि डिसेम्बर २५ तारिक शनिबारको दिन क्यानाडाको क्यालगेरीमा हुने एउटा च्यारिटी कार्यक्रममा प्रस्तुति दिन गएको बिहिबार क्यानाडा पुगेकी छिन ।  नेपलिज कम्युनिटी सोसाइटी द्वारा आयोजित उक्त कार्यक्रममा तेरियाको मुख्य प्रस्तुति रहने छ भने केहि भारतीय तथा स्थानीय कलाकारले पनि साथ दिने छ । क्यानाडामा रहेको नेपालीहरुको लागि स्थापना गर्न लागिएको क्यालगेरी रिसर्च सेन्टरको लागि रकम सङ्कलन गर्न सो कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय समय अनुसार क्रिसमसको दिन साँझ ५ बजे देखि ११ बजे सम्म कार्यक्रम संचालन हुने छ । आफ्नो शैक्षिक तथा कलालाई अगाडी बढाउन हाल भारतको मुम्बईमा बस्दै आएकी छिन ।