राशिफल (२०७४ पौष ०४ गते/२०१७ डिसेम्बर १९)

राशिफल (२०७४ पौष ०४ गते/२०१७ डिसेम्बर १९)
December 18, 2017 राशिफल

भोलि वि.सं. २०७४ पौष ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १९ तारिख

भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, तोल ल्होत्सार

पौष शुक्लपक्षको प्रतिपदा तिथि, दिउँसो ०१:३१ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
मूल नक्षत्र, बिहान ०९:५१ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र,
भोलिको चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त),
बृद्धि योग, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि ध्रुव योग,
सुरुमा बब करण दिउँसो ०१:३० बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:३६ बजेसम्म, अन्तिममा कौलव करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:११ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०२:३६ देखि ०३:५३ सम्म
यमघण्ट : बिहान ०९:२५ देखि १०:४३ सम्म
गुलिक काल : दिउँसो १२:०१ देखि ०१:१८ सम्म

भोलिको वारवेला :–
रोग वारवेला : बिहान ०६:५० देखि ०८:०८ सम्म, साँझ ०३:५३ देखि ०६:५३ सम्म र मध्यरात्रीपछि ०५:०७ देखि ०६:५० सम्म
काल वारवेला : दिउँसो ०१:१८ देखि ०२:३६ सम्म र बेलुका ०६:५३ देखि ०८:३६ सम्म
लाभ वारवेला : दिउँसो १०:४३ देखि १२:०१ सम्म र बेलुका ०८:३६ देखि १०:१८ सम्म
उद्वेग वारवेला : बिहान ०८:०८ देखि ०९:२५ सम्म र बेलुका १०:१८ देखि १२:०१ सम्म
शुभ वारवेला : दिउँसो ०२:३६ देखि ०३:५३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:४३ सम्म
अमृत वारवेला : दिउँसो १२:०१ देखि ०१:१८ सम्म र मध्यरात्रीपछि ०१:४३ देखि ०३:२५ सम्म
चर वारवेला : बिहान ०९:२५ देखि १०:४३ सम्म र मध्यरात्रीपछि ०३:२५ देखि ०५:०७ सम्म

भोलिको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी/प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com