एउटा कथा !

खान लाउन पुगेकै थियोे घर खर्च पनि राम्रै थियो दूध बेचेर नि राम्रै आम्दानी भाथ्यो।जीवन यापन गर्न केही समय त राम्रै थियो। तर पनि बढ्दो महगी ले गर्दा सबै नेपालीको बाध्यता परिस्थिति बाट म पनि टाढा हुन सकिन अन्तत मैले पनि वैदेशिक रोजगारीको लागि बिदेसिने निधो गरे र कतारको लागि अप्लाई गरे। पहिले नै होटलको अनुभव रहेकाले एप्लाई गरेको थिए केही समयको राजधानी बसाई पछि म घर फर्किए। सबैकाम पूरा भैसकेको थियो। मात्र टिकट र फ्लाईटको पालो थियो।

एकदिन सनिवारको दिन घरमा श्रीमति सङ कुरा गर्दै बसेको बेलामा मेनपावर बाट फोन आयो पर्सि फ्लाईट हो आउनुस भन्दै। जब टिकट आएको कुरा फोनमा थाहा पायियो। तब मन एकदम नरमाइलो लाग्यो। यहि नेपालमै केहि गरुला भन्ने सोच हुदा हुँदै बिदेशीन बाध्य भएको थिए। उनले पनि नराम्रो मान्दै थिईन।त्यस दिन मैले खाना खाएको थिएन। मनमा नरमाइलो भयो खाना खान मन लागेन। त्यो दिन म खाना खाइन। जाने तयारी गरे। अलिअली लुगा मिलाउन लागे। अनि हेर्दा हेर्दै मेरो ९ महिनाकी छोरी लाई सुमसुमाए।मायालु पारामा म्वाई खाए। र बराबरी आँसु झारे। र भने ” छोरी यो अभागी बुवालाई माफ गर तिमी सङ बस्ने रहर हुदा हुँदै बिदेशीन बाध्य बने। म आउदा चाचा र मिठि ल्याईदिन्छु”। छोरी मजाले सुतेकी थिइन।

र रातीको खाना खाईसके पछि म सुत्न कोठाम गए। त्यो दिन चाडै सुते।र उनी पनि बिहानै ४ बजे उठेर साईत गर्दै थिईन। र पाच बजे म हिड्न लाग्दा सानि छोरिले आफ्नी मामु सङ स्तनपान गर्नमा ब्यस्त थिईन। मलाई सारै रुन मनलाग्यो त्यस्तो परिवार छोड्न।म हेर्दा हेर्दाहेर्दै हवाईयात्रा हुँदै कतार आइपुगे।र म पर्सि बाट काममा लाग्ने कुरा भयो।म रुममा बसिराको थिए।उनलाई फोन गरे र आफू राम्रै आएको खबर दिए। करिब दुई महिना पछी म गएको रिन तिरे। र घरमा पैसा पठाईदिए।करिब ४० हजार जति।त्यो सबै चुक्ता भयो।पछि पनि उनलाई मोबाइलको रहर गर्नी भनेर एउटा मोबाईल पठाईदिए। सधै मोबाईल मा सिम बाट फोन गर्दा महगो हुने हुदा म उनलाई सस्तो मा कुरा गर्न फेसबुक एकाउन्ट खोलिदिए। अनि हमिले फेसबुक बाट बोल्न थाल्यौ।

यसरी समय बित्दै जादा उनि पनि परिबर्तन हुदै गईन।बिस्तारै फेसबुकमा सेल्फी फोटो अपलोड गर्ने र सधै अनलाइन मा आउने गर्न थालिन।र अव उनले फुसबुक को पासवड पनि परिबर्तन गरिचन ताकी मैले उनको फेसबुक खोल्न नसकुम।अहिले त उनले मलाई फेसबुक बाट पनि बल्क गरिछ्न।
एकदिन हाम्रो भिडियो च्याट हुदैथ्यो।उनले मुखमा चुरोटकोको सर्को सल्काएर अब देखी मलाइ भुल म तिमि सङ बस्न सक्दिन म तिम्रो साथी बिक्रम सङ बुटवल बस्छु हामी सङै बस्छम भन्दै आपती जनक अवस्थामा हुदै गरेको भिडियो खिचेर मलाई म्यासेजमा पठाईन। थाहा छैन उनले किन यसरी मलाई यति ठुलो घात गरिन। सायद उनलाई मैले आफ्नो पसिना बेचेर पठाएको पैसाको मात लाएछ। त्यस पछि म धेरै बिरक्तिन पुगे।यस्तो लाग्यो कि आत्महत्या गरम कि जस्तो भयो।

र आफुलाइ सम्हाले। उता भिडियोमा छोरिलाई पिट्दै चुरोटको सर्को तान्दै र त्यो उसको प्रेमि सग मस्किदै चुम्बन गरेको र मदिराको लट्ठ तालमा भिडियो मलाइ पठाईन। त्यस पछि जसका लागी म दुख गर्न म बिदेशी ए उनै आफ्नो नभएपछि मलाई बिदेश बस्न मन लागेन। म दुई महिनाको बिदामा म नेपाल आए। र धोका दिने त्यो धोखेबाज आईमाई मेरि श्रीमती भनाउदीलाई डिभोर्स दिने निर्णय गरे।र कागज बनाए। र उसलाई केहि हिस्सा दिएर उ सग मैले सधाका लागी सम्बन्ध बिच्छेद गरे।

त्यस पछि म घरमा गएर आमा सङ रमाउन थाले बिस्तारै दुख हरु भुल्न थाले। छोरीलाई मैले राख्ने सहमति थियो। म छोरी सङ एकदम खुसी छु उनि अहिले ३ बर्सकि भैइन। त्यसपछि मैले बिदेशको भिसा क्यानसिल गरे र उता सिकेको सिप अनुसार होटल खोले मैले जसोतसो रिनधन गरेर। अहिले होटल पनि राम्रो चलिरहेको छ। एक्लो जिवन बिताउन गारो भएर मैले दोस्रो बिवाहा गरे। अहिले हाम्रो जिवन सुखमय बितिरहेको छ। जस्तो सुकै जिवनमा दुख परेपनी दुख बाट टाढा नभागेर संघर्ष गर्नु पर्दो रहेछ।

सुदिप गौतम