भ्रष्टको बिरुद्ध बोलेमा टिभीलाई विज्ञापन नै नदिने भन्दा पनि राष्ट्र हितको लागि बोल्न छाड्नेछैनौ, करौडौको हिसाव मागेरै छोड्ने : रबि लामिछाने

प्रधानमन्त्री देउवाले बोलेको झुटको पर्दाफास , आमाको मृत्यु हुदा पनि मतगणना गर्ने राष्ट्र सेवक निर्वाचन अधिकृतलाई रविले गरे लाइभ सलाम, लेवनानमा दुख पाएकी एक चेलीको समस्या समाधान गर्न एक घण्टामै भयो यस्तो पहल

प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम हेर्दा ईतिहासमै पहिलो पटक नेपाली कांग्रेसले यति ठुलो हार वेहोर्ने संकेत देखिएको छ । राजनीतिको लामो संघर्ष र ईतिहास बोकेको नेपाली कांग्रेसको पक्षमा देखिएको मतपरिणामको जिम्मेवारी पार्टी सभापतिका हिसावले प्रधानमन्त्री शेरवहादुर देउवाको हुन जान्छ ।

तर संगठनलाई मजवुद बनाउन र पार्टी भित्र नयां नेतृत्वलाई स्थान दिनु भन्दा आफै प्रधानमन्त्री बन्ने उन्को लालसा कांग्रेसका लागि लाभदायी रहेन् । तर पनि प्रधानमन्त्री देउवा भने अझै प्रधानमन्त्री हुने भन्दै भाषण गर्दै आईरहनु भएको छ ।
चुनाव प्रचार प्रसारका क्रममा कैलालीमा अयोजित एक कार्यक्रममा देउवाले आफुलाई ज्योतीशले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताए ।

प्रधानमन्त्री देउवाले यसो भनेपनि प्रतिनीधि सभा र प्रदेश निर्वाचनको मत परिणाम भने उन्को पक्षमा देखिएन । ७० दशक नाघेका देउवा चोथो पटक देशको प्रधानमन्त्री हुनुहुन्छ ।

करौडौ क्वाप्प भो मतदाता शिक्षाको नाममा । अति शिक्षितहरु बस्ने भनिएको काठमाडौंको वानेश्वरको एक मतदान केन्द्रमा ल्याप्चे ठोके मतदाताले उम्मेद्वारको चिन्हमा । के त्यहाँ स्वस्तिक छाप राखिएको थिएन की देखाइएन ? पूरै औठा छाप लगाइयो मतपत्रमा ।

स्थानीय तहको निर्वाचनमा भएको भरमार बदर मतदेखि नै निर्वाचन आयोगप्रति औलो ठड्याइएको हो नै । सञ्चार माध्यमहरु कराको कराकै भए तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैँ भयो । काठमाडौंको ल्याप्चे मत नै आयोगको मतदाता शिक्षा कार्यक्रमलाई व्यंग गर्न काफी हुँदै गर्दा बिभिन्न जिल्लामा बदर मतको कहाली कुरा गरेर साध्य छैन् ।

निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाको नाममा १ अर्ब ४२ करोड ५९ लाख ६३ हजार खर्च गरेको थियो । आम्मामा यो बजेट के कम हो र ? तर खोइ त ? अर्बको खर्चको असर । मतदातालाई ल्याप्चे होइन स्वस्तिक छाप लगाउनु पर्छ भनेर सिकाउन नसक्ने आयोगले यत्रो खर्च कता कता ग¥यो, खोज्ने आँट भने अब गर्नै पर्ने भएको छ ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको चानचुने सफलता होइन । यसमा आयोगप्रति सबै आभारी बन्नै पर्छ । तर आयोग सतहमा नै देखिने गरि धेरै ठाउँमा चुक्दा बदर मतले आयोगको बदनामी भने बढाएरै छाड्यो ।

निर्वाचन आचारसंहिता विपरित भोज मोज गर्ने र नोट बाँड्नेलाई कंहि कतै कारवाही भएन भने शिक्षित समुदाय अझ भनौ युवा वर्ग नै अलमलमा पर्ने गरि बनाइएको मतपत्रले बदर मतको बाढी लगाउने नै भयो ।

त्यसमाथि मतपत्रको गुणस्तरीयतालाई लिएर पनि व्यापक गुनासो बढदै गर्दा सहजै मतचिन्ह छुट्याउन गाह«ो परेको गुनासो पनि कम उठेन । जिल्लामा जिल्लामा मतदाता शिक्षा कार्यक्रममा आफ्नाहरुलाई सहभागी गराइयो, जस्लाई दैनिक भत्ता दिएर मतदाताको घर तिर नभई आफ्नै घर तिर पठाइयो ।

मतदाता शिक्षाका लागि भनेर करोडौ खर्च गरि छपाईएका सामाग्रीहरु अहिले जिल्ला निर्वाचन कार्यालयहरुका स्टोर रुममा मुसाको भोजन स्वरुप राखिएको छ । हाम्रा विरुद्ध बोल्यौ भने टिभीमा विज्ञापन नै दिदैनौ भनिरहदा पनि हामीले बोल्न छाडेनौ र छोड्दैनौ । तर खोज पत्रकारीता गर्ने अन्य दिग्गज विज्ञ मित्रहरुले करौडौको हिसाव मागेरै छाड्नेछन् । एउटा जिल्लामा झण्डै दुई करोडको हाराहारीमा सम्म मतदाता शिक्षाको नाममा पठाइयो ।

मतपेटिकामा कस्ता कस्ता मत खसे हेरिसाध्य रहेन । ओखलढुंगाको प्रतिनिधिसभा तर्फको चार गाउँपालिकाको ३३ हजार २ सय ७ मत गन्दा २ हजार २ सय ५६ मत बदर भयो । यी त प्रतिनिधि उदाहरण मात्र हुन, बदरका यस्तो बदनामी देशभरको मतपेटिकामा खसे आयोगको मतदाता शिक्षा कार्यक्रमलाई जिस्क्याउँदै ।

देउवा ७ पटक प्रधानमन्त्री हुन्छन् भनेको छैन । आमाको निधन हुदा पनि मतगणना गर्ने निर्वाचन अधिकृत बसन्त कुमार पौडेल !
(पानाखबरको सहयोगमा)