रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ भिडियो

शरिन ख्युङ्वा तामाङ स्टाटस : पत्रकार रबि लामिछाने भाइले भ्रष्टाचारि कमिसन खोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरुले गर्दा आज यो देशमा न्याय रुपि सुगा नेता हु भन्नेहरूको खल्तिको रुमाल भएको छ जसको पर्दाफास गर्दा आज अनावश्यक विवादमा रबि लाई घिस्याउनु कति लाजमर्दो कुरा भएको छ नेपालीहरुको लागि ।

दिल निशानी मगरको स्टाटस : व्याक्तिगत रुपमा रवि लामिछाने संग मेरो कुनै समस्या छैन। किनभने उनी मानव जगतको भलाई होस् भन्ने मिडियाकर्मी हुन्। यति सम्म कि उनले मलाई आफू संगै काम गर्नको लागि प्रस्ताव गरेका थिए १ बर्ष अगाडि । विश्वास नलागे उहाँलाई नै सोध्दा भैहाल्छ। तर वास्तवमा त्यतिखेरको हाम्रो पेचिलो राजनैतिक प्रतिष्ठाको कारण त्यो संभव हुन सकेन। मैले हिजो उनको बारेमा जे लेखे, त्यो उनको सामुन्ने भनेकै हो। मानव सेवा र कथित लोकप्रियताको नाममा राज्यको कानुनलाई खिल्ली उडाएर मजाक गर्ने अधिकार कुनै माईकलाललाई छैन।