काठमाडौँमै गगन थापामाथि बम आक्रमण, थापासहित ५ घाइते, उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइयो

काठमाडौं ।

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिती नजिकिदै जाँदा संसदीय राजनीतिक दलका उम्मेदवार र नेता कार्यकर्तामाथि बम आक्रमणका घटना बढ्दै गइरहेका छन्।

यसै क्रममा सोमाबार दिउसो साढे १ बजे तिर नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमै बम आक्रमण भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको हो । बम हान्ने व्यक्ति फरार भएको प्रहरीले जानकारी दिएको छ ।

थापामाथि घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बम आक्रमणबाट गगन थापा सामान्य घाइते भएका छन् भने अन्य ११ जना पनि घाइते भएका छन् । घाइते सबैलाई अहिले शिक्षण अस्पताल लगिएको छ ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।

यस्तै आइतबार साँझ काठमाडाैंकाे नागर्जुन नगरपालिका वार्ड न‌ं १ मा रहेकाे मतदान केन्द्रमा शक्तिशाली बम विष्फाेट भएकाे थियो ।नागार्जुन १ को ढुंगेधारा मतदान केन्द्रका दुर्इ ठाउँमा वम विष्फाेट भएपछि त्यस क्षेत्रमा केही बेर भाग दाैड मच्चिएकाे थियाे ।

त्यसैगरीआइतबार साझ नै काठमाडाैकै साँखुमा पनि शक्तिशाली वम विष्फाेट भएकाे थियो । वम विष्फाेट भएपछि साँखु बजारमा केही घन्टा चक्काजाम भएकाे थियाे ।

तस्बिर सौजन्य: पत्रकार दिलीप पौडेल

इमानदार मिडिया