‘रवि लामिछाने’काे गुनगाण मात्र गाउनु सिर्फ भेडापन हाे ! भिडियो सहित !!

– एल.वि. श्रेष्ठ
फेषबुक,ट्विटर, युट्युव,ईन्स्तग्राम हरेक सामजिक संजालकाे भित्ताहरुमा अाजकल एउटा नाम छरपष्ट भेटिन्छ,देखिन्छ।रवि लामिछाने।

अाखिर काे हुन् त रवि लामिछाने?

सामन्य रुपमा भन्दा उनि एक संचारकर्मि हुन्। न्युज 24 टेलिभिजन च्यानलकाे सिधा कुरा जनतासंग भन्ने कार्यक्रम संचालन गर्ने एक प्रस्ताेता हुन्।
६२ घण्टा टक साे चलाएर विश्व किर्तिमान कायम गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका व्यक्ति हुन्। लगभग यति भन्दा उनकाे परिचय सकिन्छ।

तर केही उतेजित मान्छेहरुले रविलाई देवता भन्न थाले।उनले गर्दा सुर्य पश्चिम बाट उदाएका छैनन्। बालुवाकाे महल बनाएका पनि हैनन्।उनले जे गरेका छन्।अाफ्नाे काम गरेका छन्।उनले एउटा टेलिभिजन कार्यक्रमकाे डिजाईन तयार गरे। जनताकाे अावाज सरकार संग पुराउने। र सिधा कुरा प्रधानमन्त्रि संग भन्ने कार्यक्रमकाे सुरुवात गरे। केही प्राविधिक साथै दाेस्राे पात्र वा अन्य विविध कारणले कार्यक्रम अगाडि बढेन।र कार्यक्रमकाे माेडेल चेन्ज गरेर “सिधाकुरा जनतासंग” भन्ने कार्यक्रम चलाए।कार्यक्रमकाे ढाचा नै जनताकाे चासाे,गुनासाे र प्रश्नसहितकाे विशेष भनिएकाे छ। र रविले साेहि गरिराखेका छन्।

एउटा पत्रकार यात सामन्य व्यक्तिले जे गर्न र्सक्छन् रविले त्यहि गरेका छन्। फाेन गरेका छन्। साेधपुछ गरेका छन्। समस्या सुनेका छन्। समाधानकाे लागि प्रयास गरेका छन्। बस् त्यति हाे।के याे काम तपाईं अनि मैले गर्न सक्दैन??अवश्य सकिन्छ।तर हाम्राे अाैकात फेषबुक,ट्विटर र युट्युवमा हल्ला गर्ने मात्र हुन्। हामि काम गर्न चाहदै चाहदैनौ।हामिलाई हल्ला गर्न पाए पुग्छ। बाँदरले झै रुख हल्लाएर फल खान चाहन्छाै हामी। बिरुवा राेपेर फल फलाएर खाने चेतना छैन हामिमा।।

रवि लामिछाने एक पत्रकार हुन्। पत्रकारिता गरेर खान दिनुहाेस्। देवता बनाउने काेशिस नगर्नुहाेस्। फाेन गरेर समस्या भन्नुपर्ने ठाँउमा भेटि बाेकेर मन्दिर जान नपराेस्। उनकाे नाममा ग्रुप खाेलेर, ३० जनालाई अनिवार्य फरवार्ड गर्नुपर्ने मेसेज बनाएर, प्राेफाईल पिक्चर रङ्गिन बनाउदैमा तपाईं महान हुदैन। तपाईकाे कर्तव्य पूरा हुदैन।
यदि टाउकाेमा गिदि र चेतना छ भने हर सेकेण्ड अाफुलाई रवि लामिछाने बनाउने काेशिस गर्नुहाेस्। अाफ्नाे कामलाई दिल,दिमाग लगाएर गर्नुहाेस्। समाज,नागरिक र राष्ट्रकाे निमित्त भित्रि अात्मैदेखि साेच्नुहाेस्।सधै फेसबुकमा काेकाेहाेलाे बन्द गर्नुहाेस्।म मान्छु।राम्राे काम गर्नेकाे समर्थन साथ दिनुपर्छ। तर के समर्थन र साथ दिएर अाफु चाहिँ लाटाले पापा हेरे झै हेरेर बसेर मात्र हुन्छ त?

अाफु केही नगर्ने,अनि फेषबुकमा हल्ला गरेर अाफ्नाे जिम्मेवारी पूरा हुदैंन।
अरुले केही गरे हल्लै गरेर भएपनि वाहवाहि बटुल्ने।नगरे खेदाे खन्न थाल्ने प्रवृतिकाे अन्त्य गराै।हल्ला गरेकै भरमा हाम्राे कर्तव्य पूरा हुदैन। अाफ्नाे ठाँउबाट,अाफ्नाे तरिकाले,अाफ्नाे परिमाणमा सुकर्म गराै। यहि नै महानता हाे।त्यसैले म त भन्छु रवि लामिछानेकाे गुणगाण मात्र गाईरहनु भनेकाे सिर्फ भेडापन हाे।त्यसैले भन्छु कर्म पनि गराै।

जय देश!

(यो लेखकका निजि बिचार हुन र लेखक श्रेष्ठ सामाजिक अभियन्ता हुन् ।)
नयाँ दैनिकिबाट साभार