कपिलबस्तु को समग्र पहिचान बोकेको उत्कृष्ट गित ल्याउदै गायक मिलन बिसि। भिडियो सहित !!

सुदिप गौतम, बुटवल
अहिले दलाईलामा ले बुद्ध भारतमा जन्मिएका हुन भन्ने र बेलाबेला भारतबाट भगवान गौतम बुद्धको बारेमा बिबादास्पद अभिव्यक्ति आईरहेका बेला लोक तथा दोहोरी गायक मिलन बिसि ले एउटा कलाकार भैसकेपछी केबल माया पिरतिका गित मात्र गाउनु हुदैन एउटा एतिहासिक ठाउँको बारेमा गित बनाएर पर्चार प्रसारनि गर्नु पर्छ भन्ने उदेश्यले समग्र कपिलवस्तु जिल्लाको पहिचान बोकेको गितको भिडियो चाढै बजारमा ल्याउने भएका छ्न। गायक बिसिको यो कदमलाई पनि हार्दिक बधाई एबम सुभकामना दिन चाहान्छौ।

बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा नमस्ते बुटवल कार्यक्रम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीतमा हामी संग हुनुहुन्छ लोकप्रिय चर्चित लोक बिधाका गायक ” मिलन बि सी ” जी संग रमाइलो कुराकानी

गितमा गायक मिलन बिसिको सब्द सङित स्वर रहेको छ भने स्वरमा साथ दिएकी छ्न गायिका सुसिला बिस्वकर्माले। उक्त गितले समग्र कपिलवस्तुलाइ समेटेको छ। गितको छायांकन पनि करिब एक महिना लगाएर अत्यन्तै मिहिनेत गरेर बनाएको गायक मिलन बिसिले हामिलाई बताएका छन। गितको अडियो केहि दिन अगाडि एक समारोह बिच कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी नगर प्रमुख लगायत विशिष्ट ब्याक्तित्वको उपस्थितिमा बिमोचन गरिएको थियो।
गितको छायांकन पनि हालचालै मात्र सकिएको छ।उक्त गितको छायांकनको दिन मगर समुदाय, गुरुङ समुदाय, मुस्लिम समुदाय, सिक समुदाय, लगयात अन्य जात जातिको नृत्य खिचिएको थियो।साथै डरोन क्यमेराको प्रयोग गरेर आकास बाट पनि कपिलवस्तुका बिभिन्न ठाउ खिचिएको छ भने अत्यधुनिक क्यामेरा बाट पनि छायांकनका लागी प्रयोग गरिएको छ।
यसैक्रममा गायक बिमलराज क्षेत्री ले पर्बत मेरो गाउ, रामचन्द्र चन्द र बाबुराम पन्थी ले गुल्मी प्राण भन्दा प्यारो हाम्रो गुल्मी, लगायत अन्य कलाकारले आफ्नो जन्मठाउको बारेमा गित ल्याएका थिए। जुन गितले दर्सक श्रोताको माया पाउन सफल भएका थिए। यो एतिहासिक गितको पनि सफलताको कामना।