नेपाली राजनितिमा प्रचण्ड लामो समय हावि हुने ।

ज्योतिष बिज्ञानका अनुशार माओवादी केन्द्रका अध्यक्ष पुश्प कमल दाहाल प्रचण्ड नेपाली राजनितिमा २० वर्ष हावी हुँने पक्का जस्तै देखिन्छ । दाहालको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गा.वि.स.वडा नं २ लिवाडेमा वि.स. २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । यिनी पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा जन्मेका थिए । यिनको बाल्यकालको नाम छविलाल दाहाल थियो ।

जन्म कुण्डली बिश्लेशण गर्दा आद्रा नक्षत्र,द्धितिया तिथीमा जन्मेका प्रचण्डको सिंह लग्न परेकोछ । सिंह लग्नको मालिक सूर्य भएको र सूर्य राजनिति तथा कार्यकारि पदको कारक भएकोले प्रशस्त लिडरशिप क्षमता,कुसल प्रशासक तथा असजिलो परिस्थितिमा पनि सहजै नतिजा निकाल्न मायूर मानिन्छन् । ज्योतिष बिज्ञानलाई आधार मानेर कुण्डली बिश्लेशष गर्दा सिंह लग्नको मालिक(लग्नेश) सूर्य चौथो स्थानमा मंगलको घरमा (त्रिकोणको मालिक केन्द्रमा) जानुलाइ एउटा राजयोग मानिन्छ । कुण्डलीमा बाणिको कारक बुध चौथो घरमा लग्नेस सुर्य संग बसेर बुधाआदित्य योगको निर्माण गरेकोछ भने लग्नेश सूर्य तथा धनेस बुध चौथो घरमा बसेर राज्य भावमा दृष्टि सम्बन्ध स्थापना गरेकोछ यसलाई कुण्डलीमा उत्कृष्ट राजयोग मानिन्छ । जस्तौसुकै परिस्थितिमा पनि स्पष्ट अडान तथा बोलिको माध्ययम बाट सहजै समस्याहरुको समधान गर्न बुध तथा लग्नेश सूर्यले सहयोग गर्दछ ।

अर्को तर्फ भाग्यस(भाग्य कारक) मंगल सप्तम स्थानमा शनिको घरमा बसेर कर्मेश शुक्रको घर हेरेकोछ भने कर्मेश(राज्य कारक) शुक्र तृतिय स्थानमा स्वगृह भएर नवौ भावमा मंगलको घर हेरेकोछ जसलाई लघु पराशरिय सिद्धान्त अनुशार कर्मेश तथा भाग्यसको सम्बन्धलाई उत्कृष्ट राजयोग मानिन्छ । शुक्रलाई राज्य स्थान र पराक्रम स्थानको मालिक मानिने हुँदा शुक्रको पालामा राज्यबाट पद प्रतिष्ठा तथा कार्यकारि पद प्राप्त हुँने स्पष्ट संकेत देख्न सकिन्छ ।

प्रचण्डको कुण्डली बिश्लेषण गर्दा अहिलेको समयमा शुक्र चलेको र शुक्रको महादशा २० बर्षको हुँने हुँनाले २०७३ साल साउनबाट २० बर्ष नेपालि राजनितिमा प्रचण्ड स्पष्ट रुपमा हावि हुँने ठोकुवा गर्न सकिन्छ । शुक्र राज्य तथा पराक्रम स्थानको मालिक भएर षष्ठेस तथा शप्तमेष उच्चो शनिसँग तृतियस घरमा स्वगृह भई बसेको हुँनाले अव आउँने दिनहरुमा प्रचण्डलाई पटक पटक कार्यकारि पदमा बसि कामगर्ने अवसर प्राप्त हुँनेछ । बिशेष गरि आउँदै गरेको चुनाबमा उहाले उत्कृष्ट मत अन्तरले जित्ने र अवका दिनमा वा २०७६ साल मंसिरबाट शुक्रको महादशामा सूर्यको अन्तरदशा आउँने हुँनाले त्यो समयमा उहाँलाई पुनह कार्यकारि पद प्राप्त हुँनेछ ।

अर्कोतर्फ चौथो घरमा बसेको लग्नेश सुर्य तथा धनेश बुधलाई पञ्चमेष तथा अष्टमेष उच्च बृहस्पतिले बाह्रो भावमा बसेर दृष्टि दिएकोले जस्तो सुकै अप्ठ्यारा परिस्थितिलाई पनि सहज रुपमा ग्रहण गर्ने तथा सहि निर्णय गर्ने बल प्रदान गर्दछ । बाह्र्रो भावको मालिक चन्द्रमा एकादश घरमा केतुसँग बसेको हुनाले तथा चन्द्रमा मनको कारक पनि भएकोले र बाणि स्थानको बुध मंगलको घरमा(जसलाई सत्रुको घर मानिन्छ) बसेको हुँनाले कहिले काहि भावनामा बग्ने तथा भाबुक भएर वा हौसेर बढिनै बोल्दा परिस्थिति बिग्रनेछ ।

२०७९/२०८० तिर शुक्रको माहादशामा मंगलको अन्तर आउँने तथा मंगलको पालमा उहाँलाई सुरक्षा खतरा बढ्नेछ किनकि चौथेस तथा नवमेष मंगल शनिको घरमा (जसलाई सत्रु घर मानिन्छ ) सप्तम स्थानमा बसेको हुँनाले सवारि साधन,हात हतियार तथा गोलिगठ्ठाको भए हुँनेछ । त्यो समयमा गोप्य सुचना बाहिरिने, घर जग्गा तथा सवारि साधनमा क्षति पनि बेहोर्नु पर्नेछ ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयुग ज्योतिष परामर्श सेवा केन्द्र
चाहबेल काठमाडौ
फो.न.९८५११७८४५९