राशिफल (२०७४ मार्गशीर्ष १३ गते/२०१७ नोभेम्बर २९)

राशिफल (२०७४ मार्गशीर्ष १३ गते/२०१७ नोभेम्बर २९)
November 28, 2017 राशिफल

भोलि वि.सं. २०७४ मार्गशीर्ष १३ गते बुधबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २९ तारिख

भोलिको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने मोक्षदा एकादशी व्रत, गीता जयन्ती,
भोलिको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र,

मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०४:५८ बजेसम्म, त्यसपछि द्वादशी तिथि,
उत्तराभाद्रा नक्षत्र, दिउँसो ०१:१९ बजेसम्म, त्यसपछि रेवती नक्षत्र,
भोलिको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
सिद्धि योग, बेलुका ०७:४९ बजेसम्म, त्यसपछि व्यतिपात योग,
सुरुमा वणिज करण साँझ ०५:२१ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०४:५७ बजेसम्म, अन्तिममा बब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ११:५२ देखि ०१:११ सम्म
यमघण्ट : बिहान ०७:५६ देखि ०९:१४ सम्म
गुलिक काल : दिउँसो १०:३३ देखि ११:५२ सम्म

भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०६:३७ देखि ०७:५६ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र मध्यरात्रीपछि ०४:५५ देखि ०६:३७ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:११ देखि ०२:२९ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म
शुभ वारवेला : दिउँसो १०:३३ देखि ११:५२ सम्म र बेलुका ०८:२९ देखि १०:११ सम्म
अमृत वारवेला : बिहान ०७:५६ देखि ०९:१४ सम्म र बेलुका १०:११ देखि ११:५२ सम्म
चर वारवेला : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५२ देखि ०१:३३ सम्म
रोग वारवेला : दिउँसो ११:५२ देखि ०१:११ सम्म र मध्यरात्रीपछि ०१:३३ देखि ०३:१४ सम्म
काल वारवेला : बिहान ०९:१४ देखि १०:३३ सम्म र मध्यरात्रीपछि ०३:१४ देखि ०४:५५ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईष्र्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com