राशिफल (२०७४ मार्गशीर्ष ११ गते/२०१७ नोभेम्बर २७)

राशिफल (२०७४ मार्गशीर्ष ११ गते/२०१७ नोभेम्बर २७)
November 26, 2017 राशिफल

भोलि वि.सं. २०७४ मार्गशीर्ष ११ गते सोमबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २७ तारिख

भोलिको चाडपर्व र उत्सव : दुर्गा जाँत (धनगढी), पोखरी जाँत (सिलगढी, डोटी), वैष्णवीदेवी यात्रा (पाङ्गा),
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, न्वागी खाने दिन, कलशचक्र,

मार्गशीर्ष शुक्लपक्षको नवमी तिथि, मध्यरात्रीपछि ०६:०२ बजेसम्म, त्यसपछि दशमी तिथि,
शतभिषा नक्षत्र, दिउँसो १२:३० बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र,
भोलिको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
हर्षण योग, बेलुका १०:४७ बजेसम्म, त्यसपछि वज्र योग,
सुरुमा बालब करण साँझ ०५:५५ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०६:०१ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान ०७:५४ देखि ०९:१३ सम्म
यमघण्ट : दिउँसो १०:३२ देखि ११:५१ सम्म
गुलिक काल : दिउँसो ०१:१० देखि ०२:२९ सम्म

भोलिको वारवेला :–

अमृत वारवेला : बिहान ०६:३५ देखि ०७:५४ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र मध्यरात्रीपछि ०४:५३ देखि ०६:३५ सम्म
चर वारवेला : दिउँसो ०१:१० देखि ०२:२९ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म
रोग वारवेला : दिउँसो १०:३२ देखि ११:५१ सम्म र बेलुका ०८:२९ देखि १०:१० सम्म
काल वारवेला : बिहान ०७:५४ देखि ०९:१३ सम्म र बेलुका १०:१० देखि ११:५१ सम्म
लाभ वारवेला : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५१ देखि ०१:३२ सम्म
उद्वेग वारवेला : दिउँसो ११:५१ देखि ०१:१० सम्म र मध्यरात्रीपछि ०१:३२ देखि ०३:१३ सम्म
शुभ वारवेला : बिहान ०९:१३ देखि १०:३२ सम्म र मध्यरात्रीपछि ०३:१३ देखि ०४:५३ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा डर र चिन्ताले निवास गर्नेछ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । त्यसैले आत्मबल बढाएर हिम्मतका साथमा काम गरेमा आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनसक्छ । प्रेमको बन्धन कसिने बेला छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com