धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प, विस्तृत जानकारी सहित

धादिङ

धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले कब्जामा लिएको छ ।

मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन ।

मतदान गर्न गएका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधिलाई मतदाना केन्द्रमा जान नदिएका कारण मतदान रोकिएको बताए । (इमान्दारमिडिया)