प्रहरीसँग रवीको डरलाग्दो चर्काचर्की, बलात्कारपछि युएईमा नेपाली चेलीले आत्महत्या गरिन्

मोवाईलमा भेटियो भिडियो म्यासेज, आत्महत्या होईन हत्या । ट्राफिक अधिकारीहरु भन्छन् भिडियो डिलिट गर ।

निर्वाचनको इभमा छौ यतिबेला । ३२ जिल्लाका ७०२ जना उमेदवारहरु चुनावी मैदानमा छन्, २ हजार ९ सय १९ मतदान स्थल छन् । ३१ लाख १९ हजार ९ सय ४५ मतदाताले मतदान गर्दैछन् ।

यी ३१ लाख १९ हजार मतदाता मध्ये कतिले भोट हाल्छन् थाहा छैन तर यिनको हातमा देशको भविष्य जोडिएको छ । यि हातहरुले घात गरे भने मुलुक ठुलो चपेटामा फस्छ । यि हातहरुलाई भड्काउने,किन्ने र फकाउनेहरु हुलका हुल छन् तर यि ३१ लाख १९ हजार हातहरुले चाहे भने मुलुकको गति परीर्वतन हुन्छ । एउटा भोटको मुल्य नबुझेर आज हाम्रो जुन हविगत भएको छ त्यसलाई बदल्न तपाईले मात्र सक्नु हुन्छ ।

सहि उमेदवार हेर्न सकिएन र केवल राजनीतिक दल र चुनाव चिन्हलाई हेरेर भोट दिनुभयो भने थाहा छ के हुन्छ ? फेरी तपाई हामी चियापसल भट्टी गल्ली,कोठा,चोटामा बसेर कुनै नेतालाई गाली गरीरहेका हुन्छौँ । कुनै समयमा एउटा ठुलो होटल थियो ,त्यसको अवस्था नाजुक थियो ।

खाना नमिठो, सर्भिस खत्तम, सफाई सुविधा सब खत्तम थिए । लगानीकर्ताहरु डुब्ने तरखरमा थिए,व्यापार नभएर सब टाट पल्टदै थिए । यसै बिच एक दिन होटलको म्यानेजमेन्ट परिर्वतन भयो र नयाँ क्षमतावान टिमले होटलको जीम्मा लियो । यो टिमलाई राम्रारी थाहा थियो कि समस्या कहाँ कहाँ छ भनेर ।

दक्ष,अनुभवी,क्वालीफाइड ब्यक्तिहरुले एकाण्ट,म्यानेजमेन्ट,मानव स्रोतसाधान सम्हाले, मेन्यु, सर्भिस,कुक वेटर सबै नयाँ म्यानेजमेन्टले परिर्वतन ग¥यो । केही बर्षमा त्यही होटल सहि ठाँउमा आयो र राम्रो मुनाफा कमाउन सफल भयो । कुरा यत्ति हो , कि त भएकाले इमान्दार बनेर सुध्रिएर मुलुक चलाउनु पर्छ कित जानेका लाई जनताले छानेर पठाउनु पर्छ । केही विद्वान भनौदाहरु संसारका विभिन्न देशहरुमा यसो यसो भएको थियो भनेर उदाहरण दिन्छन ।

उदाहरण दिने विद्वानहरुलाई भन्न चाहान्छौँ,ति देशहरु किन विकसिति भए भने ति देशहरुमा पैसाका लागि आफ्नो देश विरुद्व दलाली गर्ने नेताहरु थिएन्न । ति देशहरुमा हाम्रा जस्ता छिमेकी राष्ट्रहरु थिएनन् र ति देशहरुमा तपाईहरु जस्ता अति जान्ने सुन्ने बुझक्का विद्वान र विज्ञहरु थिएन्न ।

तपाई मतदान केन्द्रमा पुग्न केही घण्टा मात्र बाँकी छ । यो केही घण्टामा तपाईले गर्ने निर्णयले यो मुलुकको भविष्य निर्धारण गर्छ । आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र हो । कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्चे हुन्छन् ।

आजको बिशेष कभरेज :

देशमा राजनीतिक परीर्वतन त भयो तर समाज परीर्वतन भने भएका छैनन् । हाम्रो समाज परिवर्तन हुनका लागि हामी सबै मानिसका मन नै परीर्वतन हुनु जरुरी राहेको छ। समाजमा अहिले पनि जातियताकै आधारमा हुने विभेद उस्तै छन् ।

रसुवाका एक युवाले तनहुँ डुम्रेकी इन्दीरा विश्वकर्मा बिचको विवाह सम्बन्ध जातिय विभेदकै कारण दिगो बन्न सकेन । ति युवक र ईन्दिरा विच प्रेम सम्बन्ध भयो । उनिहरुको सम्बन्ध बढेपछि संगै बस्न थाले र एक बर्षमै छोरीको जनमा भए। समाजको डरले युवकले छुट्टै डेरामा राखी ईन्दिरासंगको सम्वन्ध कायम राखे ।

केही समयपछि उनी सम्पर्क विहिन भएर इन्दिरालाई धोका दिदै अर्काे विवाह गरेका छन् । अहिले उनि छोरीको जन्म दर्ता गर्न मान्दैन्न। युवक अहिले आफ्नै श्रीमति र छोरीलाई के प्रमाण छ भन्दै धम्मी दिईरहेका छन् ।

जातियताले कुनै असर नगर्ने भन्दै फकाइ फुलाइ बिहे गरेका उनले अहिले इन्दीरा र उनकी छोरीलाई सडकमा अलपत्र छोडेका छन् । बसेको ठाँउमा गुण्डा लगाउछन् भने मेडियामा नजान भन्दै बारम्बार धम्काउँछन् ।

– न्युज२४बाट