“भैरे नामै करोडको छ”

-सह निर्माता लेख बहादर पुन: (डेनिम) चलचित्र ‘भैरे’

दस्तावेज, मङ्सिर ४ गते, सोमबार,२०७४,काठमाण्डौं – बाजे रणबहादुर पुन: ,बाबा वीरबहादुर पुन: र आमा मोती कुमारी पुन:को कोखबाट बुटवलमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन: (डेनिम) चलचित्र ‘भैरे’ को सह निर्माताको रूपमा नेपाली सिने जगतमा प्रवेश गरेका छन् ।

पेशाले कपडा व्यापारी रहेका श्री पुनः निर्देशक एभरेष्ट सूर्य बोहराको ईमान्दारिता ,मेहनत,लगनशिलताबाट प्रभावित भएर नेपाली चलचित्र जगतमा उत्साहजनक प्रवेश गरेका व्यक्ति हुन् । चलचित्र ‘भैरे’ लाई यस वर्षको सर्वाधिक लोकप्रिय चलचित्र बनाउन कुनै कसर बाँकी नराख्ने उनको दाबी छ । जसको लागि उनी दिनरात खटेर लाग्दै छन् । व्यावसायिक रूपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठुलो बजार लिनेमा उनी ढुक्क छन् ।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,सङ्गीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको एवं दमदार प्रस्तुति बोकेको चलचित्र हो । उत्कृष्ट कथावस्तु, उत्कृष्ट ,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम भएको कारण चलचित्र ‘भैरे’ लाई नेपाली दर्शकहरूले निकै मन पराउने कुरामा दुईमत छैन । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्नेछ ।

चलचित्र ‘भैरे’ मा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा जस्ता कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको अभिनय रहनेछ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहनेछ ।

दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ को लिड भूमिकामा दयाहाङ राई रहने छन् भने सुरक्षा पन्तलाई उनको जोडीका रूपमा देख्न पाईनेछ । नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लिई.को ब्यानरमा बन्ने चलचित्र ‘भैरे’लाई निर्देशक तथा कलाकार एभरेष्ट सूर्य बोहराले लेखन तथा निर्देशन गर्नुहुनेछ । उक्त चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा देवी माया अधिकारी रहनुभएको छ ।

सह निर्मातामा चर्चित गायक एम बराल,स्वयं लेख बहादुर पुनः (डेनिम) र रघु पुरी रहनुभएको छ भने सूर्य थोकर र चन्द्र पन्तको द्दन्द निर्देशन रहनेछ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रको छायाङ्कन अवधि ४० दिन तोकिएको छ । आगामी तिजमा धुम धडाकासाथ चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।

नेपाली फिल्मदेखि हुरुक्कै हुने सह निर्माता श्री पुनः भन्छन् ,‘भैरे नामै करोडको छ ’ । आशा छ चलचित्र भैरे ले संसारभर छरिएर रहेका नेपाली दर्शकहरुलाई भरपूर मनोरञ्जन गर्नेछ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागिपर्ने उद्देश्यका साथ उनी अगाडि आएका लेखबहादुर पुनः (डेनिम) ले भविष्यमा नेपाली चलचित्र जगतमा दर्जनौं सुपरहिट चलचित्र दिने योजना बनाएका छन् । समयले साथ दिएमा उनी आगामी दिनहरूमा एक्लै चलचित्र बनाउने योजनामा छन् । उनको योजना छिट्टै पुरा होस् दस्तावेज डट कमको तर्फबाट हार्दिक शुभकामना !

Deepshikha Sharma