माधव नेपाल र बादललाई लक्षित गरी बम विस्फोट, अवस्था तनावग्रस्त

ओखलढुंगा

वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी ओखलढुंगामा बम बिष्पोट भएको छ ।

सुनकोशी गाउँपालिका-७ च्यानममा शनिबार बिहान बम बिष्पोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । बाम गठबन्धनले आयोजना चुनावीसभामा सहभागी हुन् जाँदै गरेको बस र कांग्रेसले आयोजना गरेको चुनावीसभामा जाँदै गरेको जिपलाई लक्षित गरी बिष्पोट भएको हो ।

सुनकोशी गाउँपालिका-७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताइन् ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

चुनाव नजिकिंदै जाँदा बम बिष्पोट र एम्बुस बिष्पोटका घटना बढ्दै गइरहेका छन् । शुक्रबार नुवाकोटमा काँग्रेस नेता रामसरण महतको गाडी एम्बुसमा परेको २४ घण्टा नबित्दै ओखलढुंगामा पुनः बिष्पोट भएको छ । (इमान्दार मिडिया)