एकपटक सम्भोगको १००, दैनिक ७ वटीसँग, वार्षिक आम्दानी २ लाख ५५ हजार

जिल्ला रौतहटको सदरमुकाम चन्द्रनिगाहापुर चोकबाट गौर जाने वाटोको ४ किलोमिटर दक्षिण झरेर करिव २ सय मिटर भित्र पसेपछि पुगिन्छ, सन्तपुर गाऊँ । बाढीले गाऊँ नै डुवाइदिएपछि अस्थायी टहरामा जीवन गुजार्न बाध्य छ, सन्तपुर ।

दिन–रात कटाउन विजोग भए पनि यही गाउँका एकजना किसानले पालेको बोको भने सन्तपुर मात्र होइन, समस्त चन्द्रपुरवासीका लागि रमिताको विषय बनेको छ ।बोको धनी हुन् राजाराम पासवान ।

चर्चा त्यसवेला देखि सुरु भयो, जतिवेला राजारामले ८ महिनाअघि १ बर्षको यस बोकोलाई घरमा ल्याएर बाँधे । उनका अनुसार त्यसैवेला उनले रु. २५ हजारमा यो घोर्ले बोको खरिद गरेका हुन् ।